विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने दलाल महतो पक्राउ


handवैदेशिक रोजगारीको विभिन्न आकर्षक प्रलोभन देखाइ १२४ जना व्यक्तिलाई ठगी गर्ने एक जनालाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । पक्राउ पर्नेमा महोत्तरी मटिहानी–१ का दीपककुमार महतो रहेका छन् । उनलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । आफूलाई पर्सा जिल्ला वीरगन्ज उपमहानगरपालिका– ११ घन्टाघर घर भई प्रभात चौधरी बताउँदै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ बर्मेलीटोलस्थित महात्मा सिपिङ एन्ड सिपोर्ट कन्ट््याक प्रालिको नामबाट पत्रपत्रिकामा विज्ञापन गर्दै रकम असुली गर्दै आएका उनलाई प्रहरीले कार्यालयबाटै नियन्त्रणमा लिएको रुपन्देही प्रहरी प्रमुख राजेन्द्र ढकालले जानकारी दिनुभयो । प्रहरी प्रमुख ढकालका अनुसार विभिन्न स्थानीय पत्रपत्रिकामा विज्ञापन निकाली सर्वसाधारणलाई विदेशमा लगी काम लगाउने र प्रत्येक महिना रु ४४ हजारदेखि रु ७० हजारसम्म तलब दिलाउने भन्दै रु दुई हजार २०० का दरले पैसा लिई फारम बिक्री गर्दैगर्दा महतोलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै जाँदा महतोले ठगी गर्ने उद्देश्यले रकम उठाएको पाइएकाले उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग तीनकुने काठमाडौँ पठाइने भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?