इजिप्टमा अदालतद्वारा पूर्व राष्ट्रपति मुबारकका छोरालाई तीन वर्षको कारावासको सजाय


hosni mubarkकाइरोको एक अदालतले इजिप्टका अपदस्थ राष्ट्रपति होसनी मुबारक तथा उहाँका दुई छोरालाई शनिबार भ्रष्टाचारको आरोपमा तीन वर्षको कारावासको सजाय तोकेको छ । अधिकारीहरुले यो सजाय तीनै व्यक्तिले भोगिसकेको बताउनसक्ने देखिएको छ तर यसमा पुनरावेदन नपरेमा यसले सन् २०११ मा जनविद्रोहपछि पछि मुबारकलाई अपराधीको रूपमा स्थापित गर्नेछ । इजिप्टका आमसञ्चारले यस मुद्दालाई राष्ट्रपतिको निवासको रूपमा ब्याख्या गरेका छन् र यसमा मुबारक तथा उनका छोराले एक दशकसम्म सरकारी निवासको मर्मत सम्भारका लागि खर्च लिई आफ्ना निजी निवासमा खर्च गरेको बताइएको छ । मुबारकलाई यस मुद्दामा तीन वर्षको कारावासको सजाय तोकिएको थियो भने उनका छोराहरुलाई चार वर्षको । पछि उनीहरुले पुनरावेदन दिएका थिए र यस विषयमा पुनः सुनुवाइ भएको थियो । यस निर्णय अनुसार यी तिनै व्यक्तिले एक करोड ६३ लाख अमेरिकी डलर बराबर जरिवाना तिर्नुपर्ने हुन्छ । न्यायिक अधिकारीहरुले यो रकम उनीहरुले पहिले नै तिरिसकेको बताएका छन् । मुबारकलाई काइरोको सैनिक अस्पताल फिर्ता गरिएको छ र उनका दुई छोरालाई तोराह कारागारमा लगिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?