नेपाली सेनाका जवानहरुमा छैन ईबोला संक्रमण: सेना


नेपाली सेनाले इबोला भाइरस सङ्क्रमित अफ्रिकी मुलुकबाट शान्ति स्थापना कार्य सम्पन्न गरी फिर्ता भएका ‘नेपाली सेनाका अधिकृत निगरानीमा’ भन्ने विषयका केही पत्रपत्रिकामा लेख प्रकाशन भएकामा ध्यानाकर्षण भएको जनाएको छ । इबोला सङ्क्रमित मुलुकमा आप्mनो कार्र्यकाल पूरा गरी स्वदेश फिर्ता हुने शान्ति सैनिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कको साथै सोही स्थानमा सेनाकै चिकित्सक अधिकृतबाट समेत प्रारम्भिक स्वास्थ्य परीक्षण गरी तीन साता निगरानी गर्दा कुनै सङ्क्रमण नभएको पाइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । निर्देशनालयद्वारा जारी विज्ञप्तिमा इबोला भाइरसको सङ्क्रमण नभएको पुष्टि भएपछि मात्र उनीहरूलाई काममा खटाउने योजनाअनुसार कार्य भइरहेको र हाल लाइबेरियामा कार्यकाल पूरा गरी स्वदेश फिर्ता भएका एक सैनिक अधिकृतलाई परीक्षणका लागि नगरकोटस्थित व्यारेकमा राखिएको र हालसम्म उनमा इबोला भाइरसको कुनै पनि सङ्क्रमण देखा नपरेको उल्लेख छ । शान्ति स्थापनार्थ विभिन्न राष्ट्रहरूमा खटिई जाने शान्ति सैनिकलाई मिसनमा तैनाथ हुनु पूर्व प्रदान गरिने प्रि–डिप्लोयमेन्ट तालिममा समेत विशेषज्ञ डाक्टर अधिकृतबाट इबोला भाइरससम्बन्धी कक्षा सञ्चालन सुरु गरिसकिएको र यस भाइरसका सङ्क्रमण तथा रोकथामका उपायबारे मिसनमा तैनाथ शान्ति सैनिकलाई समेत परिपत्र गरेको जनाइएको छ । निर्देशनालयले हालसम्म मिसनमा तैनाथ सम्पूर्ण शान्ति सैनिकहरू इबोला भाइरसबाट सुरक्षित रहेका उल्लेख गरेको छ । इबोला भाइरस रोकथाम गर्ने सरकारी कार्य योजनाअन्तर्गत नेपाली सेनाले पूर्व सावधानीअनुरूप सङ्क्रमित अफ्रिकी मुलुकबाट फिर्ता हुने शान्ति सैनिकको स्वास्थ्य परीक्षण सुरु गरेको र प्राणघातक इबोला भाइरसको सङ्क्रमण नपैmलियोस् भन्नेमा नेपाली सेना अति नै संवेदनशील र सजग रहेको निर्देशनालयले स्पष्ट पारेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?