बुद्धिजीविहरुको सहर – होबर्ट


पहिलो बुद्धिजीवि – नबिन

कफी भने पछि हुरुक्क हुने म बिहान उठ्ने बितिकै ब्रस भन्दा पहिले चाहिने भई सकेको थियो, पहिले कफी अनि मात्र नित्य कर्ममा जाने बानीको विकास भएको थियो । आज आइतबारको दिन कामको छुट्टिले घर बाहिर खान मन लगेर सरासर लागें घरछेउको कफी सप – ओबर्न स्टेशनमा ।

एक रेगुलर साईजको लात्ते नो सुगरको अर्डर गरेर सरासर कुर्चीमा गएर टुसुक्क मात्र के बसेको थिएँ, पछाडीबाट आवाज आयो, अनिल तँ यता ? के गर्दैछस यहाँ कफी सपमा । भन्न त मन थियो कफी सपमा के गर्न आउँछ ? कफी खान नि । तर मनमनै भनें ।

म – कफी खान आ’को ।

अनि तिमि साथी (नवीन) – म पनि के सोधेको होला । हाँसो उठ्यो ।

उसले जबाफ दियो, आज काममा अन्तिम दिन हो । कामको साथीहरुलाई समोसा लिएर जान लागेको, अनि आफुलाई कफी ।

म – कता नयाँ काम पायौ कि कसो ।

नवीन – होइन यार – तास्मानिया जान लागेको । सिड्नीमा बसेर पीआर आउला जस्तो छैन उतै जानुपर्छ। तिमी पनि आउ है । राम्रो छ रे ठाउँ ।

म – हस भन्न नभ्याउँदै, उ म लागे, मेरो ट्रेन ३ मिनेटमा छ भनेर कुद्यो। पछि कुरागर्छु भन्दै ।

म सोच्न लागें आज भोलिको नयाँ ट्रेन्ड, तास्मनिया ।।

उ मेरो लागि पहिलो बुद्धिजीवि थियो, जसले मलाई पीआरको कुरा मेरो मनमा जगायो ।

दोस्रो बुद्धिजीवि – राम

मेरो पढाई सकिन लागेको, अनि हिजो भर्खर नवीनसँगको कुराले होला मनमा अनेक कुराहरु खेल्न थाले । राम तास्मानिया गएको २ बर्ष भई सकेको थियो, फोन भने भएको थिएन । मेरो तास्मानियामा चिनेको ऊ मात्र थियो, के भन्ला भन्दै मनले भने पनि हात चै मोबाईलतिर लागि सकेको थियो, फोन गरें बडो साहसको साथ ।

म- राम के छ खबर ?

राम – ठिक छ, तिम्रो सुनाउ ।

म – ठिक छ यार, सुन न मा तास्मानिया आउन खोजेको , के छ तेता तिर भनेर रु

राम – सहि निर्णय हो साथी । सिड्नी मा बसेर पीआर पाइदैन, यता सजिलो छ है। तर ।

म- के तर ?

राम – काम अनि कोठा को लागि, सारै गारो छ है रु विचार गर आउनु अगाडी । बचत टन्न छ भने आऊ नत्र गारो हुन्छ ।

म – हस , धन्यवाद भनेर फोन त राखें तर मनमा तास्मानियाको बस्तुस्थिति बुझ्ने हुटहुटी चाई अझै नै मनमा थियो ।

तेस्रो बुद्धिजीवि – परामर्श केन्द्र

म – दाई, सिड्नी मा पीआर आउन गारो छ जस्तो लागेर मेरो एकजना साथी तास्मनिया गको छ, म पनि जाउँ भनेको । बुज्न आको, के गरौ दाई ?

परामर्श केन्द्र को दाई – भाई, कहाँ तास्मनिया भनेको रु यतैबाट आउँछ पीआर, मसँग एउटा केटी छ, भर्खर नर्सिङ सकेको, बिबाह गर, झुटो बिबाह ५ पोइन्ट आउँछ र नाटी अनि प्रोफेसनल वर्ष गर, अनि म कामको व्यवस्था गर्दिन्छु । यतै आउँछ पीआर ।

म – हस, म विचार गर्छु दाई भन्दै त्यहाँबाट बिदा भएँ ।

लागें अर्को परामर्श केन्द्र, त्यहाँका दाई भन्दै थिए – डार्बिन जानु पर्छ बाबु तास्मनियामा त काम नै पाइदैन । फेरी उही हस, म विचार गर्छु दाई भन्दै, त्यहाँबाट पनि बिदा भएँ ।

तेस्रो परामर्श केन्द्रतिर लागें ।

त्यहाँ चाई भन्दै थिए , तास्मानिया राम्रो गन्तब्य हो, उताको कलेगसंग हाम्रो राम्रो लिंक पनि छ। तिमी जानी मात्र भन । तिम्रो पीआर को इच्छा हामी पूरा गर्छौं ।

फेरी उही रेडीमेड उउत्तर दिँदै म घर तिर लागे – हस, म विचार गर्छु दाई ।

मनमा धेरै कुरा खेल्न थाले, तास्मनिया जाउँ कि नजाउ ? उता गएर काम पाएन भने रु अस्ट्रेलिया आएको पनि ६ बर्ष भयो, सिड्नीम़ा बसेर केही हुन्न, आ जे सुकै होस्, आए आँप गए झटारो भन्दै जाने निर्णय गरें ।

चौथो बुद्धिजीवि – बिनय

जसोतसो त तास्मनिया आइयो, आएको पनि १ महिना भयो, कामको ठेगान भाको छैन। अब रामले भनेको सम्झिए, परामर्श केन्द्र ले भनेको सम्झिए । थोरै घरम़ा नै बस्ने, अनि धेरै समय काम खोज्दै म़ा जान्थ्यो। मेरो क्लासमेट बिनयले एकदिन भन्यो – यता फर्म को काम सुरु भाको छ , येहा पाहुने काम तेती मात्र हो, गर्छु भन म कुरा गर्छु एकजना दाई संग । मैले उसको कुरा नसकिदै – हुन्छ , कुरा गर भने ।

र म सोच्न थाले – किन येह सबैले नकारात्मक कुरा मात्र गर्छन, के तास्मानियाम़ा बस्ने सबैले फर्मको मात्र काम गरेका छन् त रु किन राम्रा कुराहरु को कुरा कम हुन्छ। सकारात्मक सोचका मान्छेहरुको कमी छ यो सहर मा रु

खैर, तास्मानियाम़ा मेरो खाली समयलै मैले केहि उपयोग गर्न तिर लागे – सामाजिक गतिविधिहरु म़ा सामेल हुन थाले। धेरै क्षेत्र म़ा स्वयंसेवा गर्न थाले।

को बुद्धिजीवि ?

सामाजिक गतिविधिहरुम़ा सामेल संगै । धेरै मानिसहरुसंग मेरो भेटघाट बढ्यो, धेरै कुराहरु सिक्न थालियो । नेटवर्कको पनि बिकास भयो । आएको ३ महिना म़ा राम्रो लेखा फर्मम़ा काम सुरु गरे। जीवन. आफ्नो हिसाबम़ा मज्जा ले जाँदैछ। खोजे समुन्द्रको हीरा त भेटिन्छ भन्थे काम किन नपाउनु, आखिर राम्रै पाएँ ।

मेरो मनम़ा सधैं आउने एउटै कुरा छ – हामी तास्मानिया आउने कि अरु सहर जाने ? काम, कोठा को खोजी कसरी गर्ने ? कसको कुरा सुन्ने ? निर्णय कसरी लिने रु को लाई मेन्टर बनाउने ? यावत यावत।

यी यावत चिजहरु म यहाँ आउनुअगाडी थियो र अहिले पनि छ । हामी सधैं अरुलाई बुद्धिजीवि मान्दै आएका छौ, कागले कान लग्यो भने पहिला आफ्नो कान छाम्ने हो , काग को पछाडी धाउने होइन, येसरी नै तास्मानिया, डार्बिन, एडिलेड जुन ठाउँम़ा जानु छ, पहिला त आफ्नो अनुसन्धान गर्नु जरुरी छ, सन्दर्भको लागि साथीभाई आफन्तलाई सम्झिनै पर्छ तर जाने नजाने हजुरको आफ्नो निर्णय हुनुपर्छ ।

अर्को कुरा, राम, नवीन जस्ता साथीहरुले यहाँ तास्मनिया बसेकोले तास्मानिया आउ त भन्लान् , तर डार्बिन, एडिलेडको साथीले उता ठीक भन्छ ? अनि सबैले काम र कोठा गारो छ भनेर मलाई हतोत्साहित गरेजस्तै सबैले भन्ने यी साधारण कुरा हुन् । हामीले विचार गर्नुपर्ने । आफु पहिले अस्ट्रेलिया आउँदाको दिन सम्झेर आउँदा हुन्छ, सुरु सुरुम़ा नयाँ ठाउँ जहाँ जादा पनि गारो हुन्छ भिज्न, पछि सबै कुराहरु बिस्तारै सिकिन्छ ।

तेती गारो छैन जति कुरा सुनिन्छ । बस्नको लागि हामी नेपालीहरुसंगै रूम सेयर गर्न खोज्छौं यसकारण गाह्रो छ, बिदेशीहरुसँग सेयर गर्छु मात्र भन्नुस सजिलै पाईन्छ, ढिलो चाँडो मात्र हो।

अर्को कुरा के तास्मानियामा पाइने काम फर्म मात्र हो ?

पक्कै होइन, फर्म यहाँको एउटा रेगुरल काम हो सधैं चलिरहने। कति इन्टरस्टेट, विदेशबाट यही फर्मको काम गर्न आउँछन् । माग गर्दै गरेको काम हो फर्म ।

तर हजुरसँग शीप, कौशल, अनुभव छ भने राम्रो भन्दा राम्रो काम पाईन्छ । आफुलाई परिमार्जित गर्दै काम खोज्यो भने नपाइने होइन । धेरै नेपाली समुदायका मान्छेहरु यहाँ डाक्टर, ईन्जिनियर, ठुलो पदम़ा हुनुहुन्छ, हामी यस विषयमा कुरा कम गरेका हौं कि ?

कुरा गरौं अब परामर्श केन्द्रको !

परामर्श केन्द्रको काम भनेको परामर्श दिने हो, अहिले तास्मनियाम़ा मात्र होइन पुरा अस्ट्रेलियाम़ा धेरै संख्याम़ा खुलेका छन्, र हामी आफ्नो दाई , भाई, साथी, आफन्त, फलानो, ढिस्कानोको भन्दै पछि पर्छौ। नाफा कमाउने गरेर खुलेका केही परामर्श केन्द्र लाभका लागि मात्र काम गर्छन भने केही परामर्श केन्द्रहरु लामो समयदेखिको अनुभवको लागि नाफाको साथसाथै ख्याति र गुणात्मक सेवाको लागि काम गर्दैछन् । अब त्यो हजुर को छनोट हो कुन परामर्श केन्द्रम़ा जाने ।

अन्तिम तर कम्तिमा होइन कि यो कुराम़ा हामीले सधैं विचार गर्नुपर्ला हामी पढे लेखेका बौद्धिक वर्गम़ा रहेकाले बुद्धिजीवि वर्गकोलाई दिने, अरुले भनेका कुरा सुन्ने अनि विचार गर्नुपर्छ तर पछि लाग्नु उचित नहोला । कोइलाई आफ्नो सल्लाहकार बनाउनुस् जसले गर्दा कठिन चिजहरुलाई सहज बनाउन सकिन्छ।

जीवनका हरेक क्षेत्रमा विज्ञको सलाह लिएर अगाडी बढ्नु बुद्धिमता हुन्छ । धेरै बुद्धिजीविहरुको सहर तास्मनियाम़ा तपाई आफु बुद्धिजीवि बन्नुहुन्छ कि अरुलाई ठान्नु हुन्छ, यी कुरा ले निर्धारण गर्छन् । जस्तो कि तपाई आवेग लाई छाडेर बिबेकपूर्ण, उतेजना लाई छाडेर चेतनाका साथ बुद्धिमानीपूर्ण निर्णय गर्नुहुन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?