सेकुवा पसलमा बसेर घुस लिने ईन्स्पेक्टरहरु पक्राउ


[ny_dateconvert]
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकको एक रेस्टुरेन्टमा घुस लिएको आरोपमा दुई प्रहरी अधिकृतलाई स्थलबाटै पक्राउ गरेको छ । आयोगले मंगलबार साँझ घले दाइको सेकुवाबाट विदेश पठाउनेसम्बन्धी काममा रु ७५ हजार घुस लिँदा लिँदै थलामा नै प्रहरी निरीक्षक राजन थापा र सहायक निरीक्षक विश्वेश्वर आचार्यलाई पक्राउ गरेको आयोगका सञ्चार संयोजक ओमबन्धु कार्कीले जानकारी दिनुभयो । वैदेशिक रोजगारीमा जान लागेका युवाबाट प्रहरी अधिकृतद्वयले घुस लिँदै गरेको भन्ने सूचनाका आधारमा आयोगले छापा मार्दा उनीहरू पक्राउमा परेका हुन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?