ईटहरीमा देशका विरुद्ध अभिव्यक्ति दिने सीके राउत पक्राउ
देशका महिलाहरुलाई तथानाम गलौज गर्ने, मधेश र नेपाल फरक देश हुन् यसलाई छुट्याउनै पर्दछ भनेर आफना अभियान केन्द्रित गर्ने सीके राउतलाई ईटहरीबाट पक्राउ गरिएको छ । ईटहरीस्थित एरिना टेलिभिजनमा अन्तर्वार्ता दिए लगत्तै उनलाई पक्राउ गरिएको हो । कालो कोट र रातो टार्यमा सजिएर अन्तर्वार्ता दिन आइपुगेका यिनलाई प्रहरीले सिधै जेलमा लगको छ । यसैबीच, ईटहरीमा प्रहरी चौकी अघि पुत्ला लिएर भेला भएका सर्वसाधारणले कडाभन्दा कडा कारवाहीको माग गरेका छन् । मुख्यतः विद्यार्थी संगठनको अनुवाईमा कार्यक्रम भएको थियो । पुत्ला दहन गरी विद्यार्थीहरुले एरिना टेलिभिजनलाई पनि कारवाही गर्नुपर्ने माग गरेका छन् । यसरी सीके राउतका विरुद्ध पुत्ला दहल गर्ने कार्यको अगुवाई विभिन्न विद्यार्थी संगठनका नेताहरुले गरेका छन् । उनीहरुले विज्ञप्ति नै प्रकाशित गरेर माग गरेका हुन् । यसरी विज्ञप्ति निकाल्नेहरुमा राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठन डा. विकल रेग्मी, अखिल क्रान्तिकारीका निराजन ओझा, अनेरास्ववियुका एकराज दाहाल र नेविसंघका मन्दिर श्रेष्ठले हस्ताक्षर गरी कडा शब्दमा भत्र्सना गरेका छन् ।