जापानमा ७ दशमलब ८ रेक्टर स्केलको भूकम्पपछि…


japanजापानमा शनिबार शक्तिशाली भूकम्प गएको छ । जापानी भूगर्भशास्त्रीहरुले सो भूकम्प शक्तिशाली भएको र यसले राजधानी टोकियो र यो सँगैका भवनहरु निकै हल्लाएको बताएका छन् । सो भूकम्प ७.८ रिक्टर स्केलको रहेको समाचारमा जनाइएको छ । भूकम्पका कारण भएको क्षतिको विवरण भने आइसकेको छैन । अधिकारीहरुले सुनामीको खतरा भने नरहेको जनाएका छन् । प्रशान्त सागरीय सुनामी चेतावनी केन्द्रले यो भूकम्पका कारण सुनामीको खतरा नरहेको बताएको छ । सो भूकम्पको केन्द्रबिन्दु राजधानी टोकियोबाट ८७० किलोमीटर दक्षिणी प्रशान्त सागरमा रहेको बताइएको छ । उक्त भूकम्पको केन्द्रबिन्दु ६७६ किलोमीटर गहिराईमा रहेको अमेरिकी भौगर्भिक संस्थाले जनाएको छ । स्थानीय समयअनुसार साँझ ८ बजे सो भूकम्प गएको छ । भूकम्पले निकैबेर सम्म हल्लाएको अनुभव स्थानीयको छ । उनीहरुले घरहरु र संरचना निकै हल्लाएको अनुभव बताएका थिए ।््

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?