यी व्यक्तिले दिए सलमान खानलाई बर्बाद पार्ने धम्कि !


एजेन्सी । भारतीय चर्चित अभिनेता सलमान खानलाई बर्बाद गर्ने धम्की आएको छ । फिल्म समीक्षक कमाल आर खानले केही दिनअगाडि आफुलाई बर्बाद पार्ने धम्कि दिएको भन्दै सलमान खानले कमालविरुद्ध मानहानीको मुद्दा दर्ता गराएका छन् ।

मुद्दा दर्ता गरेको भोलिपल्ट कमालले सलमान खानसंग माफी समेत मागेका थिए । यद्यपि अहिले आएर कमालले आफ्नो ट्वीटमा कसैको पनि नाम नलिइ कसैको करियर बर्बाद पार्ने धम्कि दिइरहेका छन् ।

आफ्नो पछिल्लो ट्वीटमा कमाल आर खानले लेखेका छन्, ‘उनले धेरै मानिसहरुको करियर बर्वाद पारेका छन् । जसले उनी विरुद्ध कुरा गरेका छन्, तिमीहरु बर्वाद भएका छन् । अब म उनको करियर बर्वाद पार्नेछु । म यो मान्छेलाई सडकमा लिएर आउने छु ।’

केही समय अगाडि कमालले फिल्म राधेको समीक्षा गर्दै सलमान खानप्रति नकारात्मक टिप्पणी गरेका थिए । कमालले सलमानको फिल्मलाई काम नलाग्ने भनेका थिए ।

उनको यही भनाईप्रति सलमानले उनी विरुद्ध मुद्दा दर्ता गराएका हुन् । यद्यपि सलमान खानको लीगल टीमले मुद्दा दर्ता गर्नुको कारण भिन्दै भएको बताएका छन् ।

सलमानको लीगल टीमले कमाल आर खानले बीइङ ह्यूम्यान ब्राण्डविरुद्धमा विभिन्न कुरा गर्दै हिंडेकाले सलमानले उक्त कदम उठाउन बाध्य भएको बताएका छन् । उक्त घटनापछि कमाल आर खान चर्चामा छन् । पछिल्लो पटक कमालले ट्वीटमार्फत पुनस् एकपटक सलमान खानविरुद्ध उभिएको प्रमाण प्रस्तुत गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?