चर्चमा अन्धाधुन्ध गोली प्रहार, नौको हत्या, संदिग्ध हत्यारा पक्राउ


suspectअमेरिकाको दक्षणी क्यारोलिना राज्यको चर्लेस्टोन इलाकामा अवस्थित एक चर्चमा गोरा बन्दुकधारीले गरेको गोली प्रहारमा परी नौ जना व्यक्तिको मृत्यु भएको छ । बन्धुक प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको दाबी गरेको छ । शंकास्पद हत्यारालाई उसको पिताले २१ वर्षको जन्मोत्सवमा बन्दुक उपहार दिएको बताइएको छ । बन्धुक हान्नुअघि उसले तिमीहरु हाम्रा केटीहरुलाई बलात्कार गर्छौ, तिमीहरु हाम्रो देश कब्जा गर्दैछौ, जाओ यहाँबाट भन्दै चिच्याएका थिए । सम्पूर्ण हत्या प्रकरण घृणाका कारण भएको अधिकारीहरुले बताएका छन् । त्यसमध्येको एक महिला जसलाई उक्त व्यक्तिले गोली हानेको थिएन र भनेको थियो, यो सबै तँ बाहिर गएर बताउनेछस् । ताकि सबैले थाहा पाउन् किन भइरहको छ । काला समुदायको अफ्रिकन अमेरिकन चर्चमा बुधबार राति सो घटना भएको थियो । सो गोली प्रहारबाट आठ व्यक्तिको घटनास्थलमै र अन्य एकको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जनाइएको छ । सो गोली प्रहार २१ वर्षीय एक गोरा व्यक्तिले गरेको पनि समाचारमा जनाइएको छ । चर्लेस्टोनका मेयर जोए रिलेए चर्चमा व्यक्तिहरू प्रार्थना गरिरहेको अवस्था उक्त गोली प्रहार भएको बताउनुभएको छ । काला धार्मिक समुदायबीचममा उक्त चर्च एक ठूलो चर्चका रुपमा रहेको यो थियो । चर्च १८९१ मा बनेको एक वेबसाइटले बताएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?