गुप्तचरकै अखडामा दुश्मनले आक्रमण गरेपछि


somaliaसामान्यतः गुप्तचरले गोप्य सूचनालाई विश्लेषण गरेर यसका बारेमा अन्य संस्थालाई जानकारी दिने गर्दछन् । तर, दुश्मनले त्यही गुप्तचरकै अखडामा कारवाही गरयो भने के हुन्छ ? यस्तै भएको छ सोमालियाको राजधानी मोगादिसुमा । त्यहाँ रहेको सैनिक गुप्तचर केन्द्रमा सेबाब आतङ्ककारी समूहद्वारा आत्मघाती आक्रमण भएको छ । सो केन्द्रमा कारबम आक्रमण भएको जनाइएको छ । यस आक्रमणमा परी  तीन आक्रमणकारीको मृत्यु भएको तर सोमालिया सुरक्षाबल भने यस आक्रमण परी हताहत नभएको त्यहाँको गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । सुरक्षाबलसँग आवद्ध सो गुप्तचरको परिसरभित्र नै आक्रमण भएको र उक्त समय सुरक्षाबल र  सेबाब आतङ्ककारी समूहबीच भीषण दोहोरो गोली हानाहान भएको सोमालीया सुरक्षा अधिकारी अदान मोहमदले जानकारी दिएका छन् । यस आतङ्ककारी समूहले  बदलाको भावनामा छिमेकी राष्ट्रहरुमा पनि आक्रमण गर्दै आएका छन् । सन् २०१३ मा केन्याको राजधानी नैराबीमा रहेको सपिङ्ग मलमा भएको आक्रमणमा कम्तीमा ६७ व्यक्तिको मृत्यु भएको र अप्रिलमा गरिस्सामा  भएको आमहत्यामा १५० विद्यार्थीको मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?