एनआरएन अष्ट्रेलिया नेतृत्वका लागि भरत पोखरेल र सुरेन्द्र सिग्देलको प्रतिस्पर्धा, ऋषि कँडेल फिर्ता
एनआरएन अष्ट्रेलियाको निर्वाचनमा अध्यक्षको उम्मेद्वारी दिएका ऋषि कँडेलले अर्का उम्मेद्वार सुरेन्द्र सिग्देललाई समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि अब वर्तमान महासचिव भरत पोखरेल र सुरेन्द्र सिग्देलबीच प्रतिस्पर्धा हुने भएको छ । उम्मेद्वारी फिर्ताका विषयमा एमएनटीभीसँग प्रतिक्रिया दिँदै कँडेलले दुई प्यानल नै बनाएर प्रतिस्पर्धा चलिरहेको बेला अग्रजहरुको आग्रह अनुसार आपूmले सहमति र समूदायको एकताको लागि उम्मेद्वारी फिर्ता लिएको बताउनुभयो । एनआरएनको नेतृत्व सिड्नीबाहेक अन्य राज्यबाट पनि बन्नुपर्ने माग गर्दै चुनावमा एजेन्डासहित होमिनुभएका कँडेलले यस पटक सिड्नीबाट नेतृत्व आउने बित्तिकै विधान अनुसार नै पनि अर्को पटक सिड्नीबाहेकको राज्यमा नेतृत्व जाने भएकोले आपूmले चित्त बुझाएको प्रतिक्रिया दिनुभयो ।
एनआरएन अष्ट्रेलियाको अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लाग्नुभएका सुरेन्द्र सिग्देलले २० वर्षको आफ्नो समाजसेवालाई नयाँ शिाराबाट अघि बढाउनका लागि अध्यक्षमा प्रतिस्पर्धा गरेको भन्दै १६ बुँदे कार्यक्रमका साथ आपूm चुनावी मैदानमा आएको बताउनुभयो । ऋषि कँडेलको समेत समर्थनबाट उत्साही बनेको सिग्देलको प्रतिक्रिया छ । एमएनटीभीले सोमबार तीनैजना उम्मेद्वार सम्मिलित एनआरएन बहस कार्यक्रम सञ्चालन गर्दैगर्दा कँडेलले उम्मेद्वारी फिर्ता लिनुभएको थियो भने भरत पोखरेलले स्वास्थ्यको कारण देखाउँदै सहभागी नहुने जानकारी गराउनुभएको थियो । सुरेन्द्र सिग्देलसँग चुनावी एजेन्डा र आगामी योजनाका विषयमा गरिएको कुराकानी हामी एमएनटीभीमा छिट्टै प्रशारण गर्दैछौं ।