अभिनेत्री कंगना फेरी चर्चामा !


एजेन्सी । विभिन्न अभिव्यक्तिका कारण चर्चामा आइरहने वलिउड अभिनेत्री कंगना रनावत एकपटक फेरि समस्यामा परेकी छिन् । यसपटक, उनी पासपोर्ट नविकरण नभएपछि अदालत पुगेकी छिन् । पासपोर्ट विभागले कंगनाको पासपोर्ट नवीकरण गर्न नमानेको हो । चलचित्रको छायांकनका लागि उनलाई वुडापेष्ट जानुपर्नेछ । कंगनाको पासपोर्टको समय सेप्टेम्बरमा सकिदैछ । कंगनाले पासपोर्ट नवीकरणका लागि अपील गरेकी छिन् ।

कंगनाको नाममा बान्द्रा प्रहरी स्टेशनमा एफआइआर दर्ता गरिएको छ । एफआइआरका कारण पासपोर्ट विभागले कंगनाको पासपोर्ट नवीकरण गर्न अस्वीकार गरेको छ ।

पासपोर्ट नवीकरण नभएपछि कंगनाले अदालतमा उजुरी दिदै आफू नायिका भएका कारण छायांकनका लागि विभिन्न देशमा जानुपर्ने भएकाले पासपोर्ट नवीकरणका लागि निवेदन उल्लेख गरेकी छन् ।

कंगनाको उजुरीको सुनुवाई जुन १५ तारिखमा हुनेछ । गत वर्षको अक्टुबर १७ तारिखमा कंगनाले विभिन्न धार्मिक समूहबीच दुश्मनी बढाउनका लागि सहयोग गरेको भन्दै उनीविरुद्ध एफआइआर दर्ता गरिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?