एक सयभन्दा बढीको ज्यान गएपछि विषाक्त रक्सी बनाउनेहरुमाथि कारवाही सुरु


red lableभारतमा घरमै बनाइएको विषाक्त मदिरा सेवन गरी कम्तीमा पनि एक सय व्यक्तिको मृत्यु भएपछि त्यो मदिरा बनाउनेमाथि कारबाही सुरु भएको समाचार छ । मुम्बई प्रहरीले गएको शनिबार नै सो कम्पनीका केही व्यक्तिलाई पक्राउ गरेको जानकारी दिएको थियो । तर उक्त कम्पनीका मालिक पक्राउ परेका थिएनन् । बिहीबार ती सबै जनामाथि कारबाही सुरु भएको बताइएको छ । भारतको पश्चिमी नगरका प्रहरी उपआयुक्त धनन्जय कुलकर्णीले गैरकानुनी रूपमा बनेको मदिरा निर्माण गर्नेलाई कारबाही थालिएको जानकारी दिए । उहाँले यसरी मर्ने व्यक्तिको सङ्ख्या १०० नाघेको र अझै पनि केहीको उपचार भइरहेको बताउनुभएको छ । यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १०० पुग्ने अनुमान पहिला नै गरिएको थियो । गैरकानुनी रूपमा उत्पादन भएका मदिरा सेवन गरेर एकहप्ता अगाडिदेखि नै मानिसहरू बिरामी पर्न थालेका हुन् । बिहीबारसम्म पनि यस्ता केही बिरामी अस्पतालमा उपचारार्थ रहेका बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?