राजेश घिमिरे आए प्रत्यावर्तन कथा संग्रह लिएर, सिड्नीमा विमोचन
सिड्नीमा लेखक राजेश्वर घिमिरेले लेख्नुभएको प्रत्यावर्तन पुस्तकको लोकार्पण गरिएको छ । गत शनिबार ग्रानभिल टाउनहलमा आयोजना गरिएको कार्यक्रममा एनआरएन संरक्षक ईन्द्रा वनले पुस्तक लोकार्पण गर्नुभएको हो । कथा संग्रहमा अष्ट्रेलियाको जीवन, नेपालको माया लगायतका भाव समेटिएको लेखक राजेश्वर घिमिरेले जानकारी दिनुभयो । घिमिरे नेपाली भिजन अष्ट्रेलिया मासीक पत्रिकाको प्रबन्ध सम्पादक हुनुहुन्छ । साहित्यकार, पत्रकार तथा संघ संस्थाका प्रतिनिधि लगायत नेपाली समूदायका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता नेपाली भिजनका प्रकासक तथा सम्पादक कृष्ण गिरीले गर्नुभएको थियो । लेखक घिमिरेले उपस्थित सबैलाई धन्यबाद दिदै पुस्तकका बरेमा जानकारी दिनुभएको थियो । प्रवासमा रहेर पनि साहित्य र भाषाको सेवामा योगदान दिएकोमा घिमिरेलाई सबैले बधाई दिएका थिए । नेपाली समुदायका अगुवाहरु नारायण प्रधान, भूमा लिम्बु, सुजाता केसी, जानकी पौडेल, दीनेश पोखरेल, साहित्यकार सतीश कोईराला, अल्पाबिराम लगायतले शुभकामना दिनुभएको थियो भने नेपाल सरकारका पूर्वअर्थसचिव माधव घिमिरेले समिक्षात्मक भनाई राख्नुभएको थियो । कार्यक्रमका सभापति कृष्ण गिरीले मन्तव्य दिँदै नयाँ साहित्यकारको सिड्नीमा जन्म भएको र प्रवासको साहित्यलाई प्रोत्साहन गर्नु अहिलेको आवश्यकता भएको बताउनुभएको थियो । राम रुवालीको सञ्चालनमा अघि बढेको कार्यक्रममा नेपाली भिजनका व्यवस्थापक सीपी मैनालीले अतिथिहरुलाई स्वागत गर्नुभएको थियो ।