भित्र ताली, बाहिर मधेशीको गाली, संंविधानको मस्र्यादा च्यातियो


;+ljwfg;efsf] cfhsf] a}7sdf ;+ljwfgsf] k|f/lDes d:of}bfsf] lj/f]w ub}{ dw];jfbL bnsf ;ef;bx? . tl:a/ M k|bLk/fh jGt,/f;;

;+ljwfg;efsf]  cfhsf] a}7sdf ;+ljwfgsf] k|f/lDes d:of}bfsf] lj/f]w ub}{ dw];jfbL bnsf ;ef;bx? . tl:a/ M k|bLk/fh jGt,/f;;

संविधानसभाको बैठकमा संविधानको एकीकृत प्रारम्भिक मस्यौदा पेस भएपछि मधेसवादी दलले त्यसको विरोध जनाएका छन् । सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टीलगायतले जनताको अधिकार संस्थागत नभएको भन्दै मस्यौदाको पूर्वरुपको प्रतिलिपि च्यातेर विरोध जनाएका हुन् । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानसभाको बैठक सकिएको घोषणा गर्नै लाग्दा ती दल सम्बद्ध सभासद्ले संविधानसभाभित्रै विरोध जनाएका हुन् । संविधानसभा भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानसहितको सङ्घीयता नभएको संविधानले नेपाली जनताको अधिकार स्थापित हुन नसक्ने प्रतिक्रिया दिनुभयो । उहाँले केही ठूला दलले आफूखुसी एकलौटीपूर्ण तवरले निर्णय गरेको र विगतमा भएका सहमति तथा सम्झौताविपरीत निर्णय गरेका कारण विरोध गर्न बाध्य भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?