अभिनेत्री मन्दिरा बेदीका पति बलिवुड निर्देशक कौशलको निधन !
एजेन्सी । बलिउड अभिनेत्री मंदिरा बेदीका पति राज कौशलको निधन भएको छ । ४९ बर्षिय निर्माता निर्देशक कौशलको बुधबार बिहान हृदयघातबाट निधन भएको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।
निर्माता र निर्देशक रहेका कौशलले अभिनय बाट बलिवुडमा आफ्नो क्यारियर शुरु गरेका थिए । त्यसपछि उनले निर्देशनमा हात हालेका थिए । उनले एन्थोनी कौन है, शादीका लड्डु, प्यार मे कभी कभी जस्ता फिल्म निर्देशन गरेका छन् । त्यस्तै उनी माइ ब्रदर निखिल, शादी का लड्डु र प्यार मे कभी कभी फिल्मका निर्माता समेत हुन् ।
अभिनेत्री मंदिरा र कौशलको १९९९ मा विवाह भएको थियो ।
अभिनेता रोहित रोयले निर्माता कौशलको मृत्यु भएको पुष्टी गरेका छन्, । उनले कौशलको तस्वीर पोस्ट गर्दै लेखेका छन्, ‘राजको आज बिहान अन्दाजी ४ बजे हृदयघातबाट निधन भएको छ । उहाँ घरमा हुनुहुन्थ्यो, जबसम्म परिवारले कुनै स्वास्थ्य सहायता पाउन सक्थे, राजको निधन भइसकेको थियो ।’ सामाजिक सञ्जालका पोस्टहरूमा धेरै कलाकारले अप्रत्यासित घटना भन्दै श्रद्धाञ्जलि लेखेका छन् ।