सिकौं एनआरएन अष्ट्रेलियाको चुनावमा ईलेक्ट्रोनिक भोटिंग गर्ने तरिका


निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । एनआरएन अष्ट्रेलिया निर्वाचन प्रमुख आयुक्त जोग लिम्बुले केही सामान्य बाहेक अन्य सबै तयारी पूरा भएको र शनिबार उत्साहपूर्वक एनआरएन अष्ट्रेलियाको आगामी कार्यकालका लागि नेतृत्व चुन्न आह्वान गर्नुभएको छ । एमएनटीभीसँग कुरा गर्दै उहाँले मतदाताहरुका निम्ति यस पटक अझ सहज बनाइएको बताउनुभयो । निर्वाचन प्रमुख लिम्बु भोलि निर्वाचनको दिन सबैभन्दा बढी मतदाता रहेको न्इू साउथवेल्समा नै रहनुहुने पनि जानकारी प्राप्त भएको छ ।  मतदाताले सामान्य कम्प्युटर नलेज भएको अवस्थामा समेत सहजै मतदानमा सहभागी बन्न सक्नेछन् । आफैंले मतदान गर्न नसक्नेहरुको लागि अन्य व्यवस्था गरिनेछ । निर्वाचन आयोगले एक सन्देशमूलक भिडियो पनि निर्माण गरेको छ । यसमा पनि प्रष्ट रुपमा बुझ्नेगरी मतदान गर्ने तरिकाको विषयमा जानकारी गराइएको छ ।

सिरिना आईभीएस नामक कम्पनीले उपलब्ध गराएको भोटिंग सोलुसनमा मुख्यतः तीन कुरा महत्वपूर्ण रहेको छ । पहिलो तपाईंको सदस्यता नम्बरको माध्यमबाट एक विशेष युजर नेम र पासवर्ड भोटिंग बुथमा नै बनाईन्छ । परिचयपत्रसहित उपस्थित भएको मतदातालाई यो नम्बर उपलब्ध गराइन्छ । यसपछि यही युजर नेम र पासवर्डको माध्यमबाट लग ईन गरेपछि त्यहाँ उम्मेद्वारहरुको नाम देखिन थाल्दछ । एउटा पदमा छान्नुपर्ने व्यक्तिहरुलाई एउटै पेजमा राखिएको छ । जस्तो यस पटक अध्यक्षको पदमा रहेका भरत पोखरेल र सुरेन्द्र सिग्देलमध्ये एकजना छानेपछि तपाईंले त्यहाँ कन्टिन्यू भन्ने बटन थिचेपछि मात्रै तपाईंले छानेको भोट सेभ हुन्छ र अर्को पेजमा जान्छ । तर, तपाईंले लगईन गर्ने बित्तिकै एनआरएन आईसीसीको लागि छान्नुपर्ने ५ जनाको लागि प्रतिस्पर्धामा रहेका १० जनाको लिष्ट आउनेछ । त्यहाँ क्लीकको माध्यमबाट अधिकतम ५ वटासम्म तपाईंले छान्न सक्नुहुनेछ । त्यसपछि कन्टिन्यू थिच्ने बित्तिकै अध्यक्ष पदमा मत दिनका लागि बनाइएको पेजमा पुगिन्छ । यसैगरी कन्टिन्यू गर्दैजाँदा एनसीसीका पदाधिकारी र सदस्यहरुको लागि सकिएपछि स्टेट काउन्सिल अर्थात् राज्य समितिका उम्मेद्वारहरुको निम्ति विभिन्न पदमा मतदान गर्ने अवसर आउँछ । त्यहाँ पनि आपूmलाई मनपर्ने उम्मेद्वार छानेर कन्टिन्यू गर्नेवित्तिकै अन्तिम पेजमा पुगिन्छ । जहाँ फिनिस र लगआउट लेखिएको बटनमा थिचेपछि तपाईंको मत सुरक्षित हुन्छ । यसरी सामान्य ज्ञान भएका व्यक्तिहरुले पनि सहजै आफ्नो मताधिकार प्रयोग गरी आफ्ना लागि भोलिको एनआरएन नेतृत्व र तिनका पदाधिकारी छान्ने अवसर आउँदैछ ।

एकपटक मतदान गर्ने तरिकाबारे भिडियो हेर्नुहोस्

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?