मैले बोलेका बाचाहरु सबै पूरा गर्छु : नवनिर्वाचित अध्यक्ष सुरेन्द्र सिग्देल (भिडियोसहित)


गैरआवासीय नेपाली संघ एनआरएन अष्ट्रेलियाको आगामी दुई वर्षीय कार्यकालको लागि सुरेन्द्र सिग्देल अध्यक्ष पदमा विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी भरत पोखरेललाई पराजित गर्दै चुनाव आफ्नो पक्षमा पार्नुभएको हो । यसैगरी सचिव पदमा मेलबर्न निवासी टोनु घोताने विजयी हुनुभएको छ भने उहाँको प्रतिस्पर्धी स्वतन्त्रप्रताप शाह हुनुहुन्थ्यो । यसैगरी कोषाध्यक्ष पदमा डिला खरेल र युथ कोअर्डिनेटरमा विजय शर्मा चापागाईं विजयी हुनुभएको छ । निर्वाचन परिणाम आउने बित्तिकै एमएनटीभीसँग कुरा गर्दै सिग्देलले आपूmले गरेका सबै बाचा पूरा गर्ने बताउनुभयो । उहाँले निर्वाचनका निम्ति खटिएका परिचालन टोली र स्वयंसेवकहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

न्यू साउथवेल्समा यस्तो छ परिणाम
संयोजक एवं एनआरएन उपाध्यक्षमा दिनेश पोखरेलले १२ सय ३० मत ल्याएर विजयी हुनुभएको छ । यस्तै उपसंयोजकमा प्रकाश खरेल १२४०, निकटतम् प्रस्पिर्धी राजु मानन्धरले ६ सय ८५, सचिवमा भुपाल सिटौला १०८९ मतका साथ विजयी हुनुभएको छ भने निकटतम प्रतिस्पर्धी भरतमणि देवकोटाको ८३६ मत आएको छ । यस्तै कोषाध्यक्षमा लक्ष्मण सापकोटाले ११७६ मत ल्याउनुभएको छ भने निकटम प्रतिस्पर्धी अजय राजवंशीको ७४१ मत आएको छ । यस्तै एनसीसी सदस्यहरुमा नन्द गुरुंग १२४१, जानकी पौडेल १२०६, छविप्रसाद ११५४, विकास केसी १०६७, उषाकिरण बारिया ९०७ र राजकुमार अधिकारी ८९२ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
एससीसी सदस्यहरुमा आरती पोखरेल ११४०, पूजा चन्द ११२९, सुनिता लिम्बु शर्मा १०९८, श्रृष्टि पौडेल १०७४, अर्जुन केसी १०४९, देवेन्द्र गैरे ९७९, दिपबाबु लामिछाने ९४९, मञ्चला सिटौला दाहाल ९४७, महेश प्रसाई ९२८, कृष्ण निरौला ९१८, राजेश केसी ९०४, जीतजंग खड्का ८९८, रमेश केसी ८८५, गीता लम्साल ८६४, रोहित खड्का ८३४, निजन चौलागाईं ८१४, प्रकाशचन्द्र अर्याल ८११ मत ल्याउन सफल भएका छन् ।

एडिलेडमा कँडेल
वेष्टर्न अष्ट्रेलियामा सम्पन्न भएको निर्वाचनको परिणाम अनुसार संयोजकमा नबीन कडेल विजयी हुनुभएको छ भने सहसंयोजकमा नरायनकाजी गुरुङ, कोषाध्यक्षमा संगतिा बुढाथोकी, सचिवमा नविन पन्त, सदस्यहरुमा बन्दुबिक्रम कार्की, दीपा थापा, प्रजीता गेलाल, बाल सापकोटा र देबराज कडेल विजयी हुनुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?