प्रधानमन्त्री कोइरालासँग अमेरिकी राजदूतको भेट


US Ambassador Call on PM

US Ambassador Call on PM
US Ambassador Call on PM

प्रधानमन्त्री सुशील कोइरालासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत पिटर डब्ल्यू बोडीले सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्नुभएको छ । संयुक्त राज्य अमेरिकामा हालै स्वास्थ्योपचार गरी फर्कनु भएका राजदूत बोडीले अमेरिकामा भएका कानुनी र कूटनीतिक सम्बन्धका बारेमा जानकारी गराउँदै नेपालको संविधान लेखन र भूकम्पपछिको पुनःनिर्माणका बारेमा चासो व्यक्त गर्नुभएको थियो । नेपालमा संविधान लेखनका सम्बन्धमा भएको पछिल्लो सकारात्मक विकास क्रमलाई स्वागतयोग्य कदम भन्दै उहाँले भूकम्प आएपछि नेपालको अवस्थाबारे अमेरिकी सरकारलाई अवगत गराइएको र नेपालको पुनःनिर्माणका लागि अमेरिकी निजी क्षेत्र र सरकारीस्तरको सहयोग बढ्ने बताउनुभयो । सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालले छिट्टै सङ्घीयता, गणतन्त्र र समावेशितासहितको लोकतान्त्रिक संविधान पाउने विश्वास व्यक्त गर्दै संविधान निर्माणको प्रक्रिया द्रूतमार्गबाट अगाडि बढेको बताउनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी गराउनुभयो । प्रधानमन्त्री कोइरालाले संविधान जारी भएपछि नेपालमा शान्ति, स्थायित्व, लोकतन्त्र र विकासले गति लिने बताउनुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?