महावाणिज्यदूत खड्काले घरआँगनलाई वार्षिक ५० हजार नियमित सहयोग गर्ने
न्यू साउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्काले घरआँगन नामक स्वयंसेवी सामाजिक संस्थालाई वार्षिक ५० हजार नियमित सहयोग गर्नुहुने भएको छ । वार्षिक ५० हजार नियमित सहयोग गर्ने खड्काले बताउनुभएको छ । काठमाडौंमा आयोजना गरिएक एक विशेष समारोहमा उहाँले उक्त घोषणा गर्दै पहिलो चेक समेत हस्तान्तरण गर्नुभयो । अहिले घर आँगनमा आर्थिक अभावका कारण उपचार पाउन नसकेका, परित्यक्त, अशक्त १५ जनाको उपचार र लालनपालन भइरहेको छ । यस अभियानलाई ओली एण्ड एशोसिएट्सका प्रबन्ध निर्देशक भवानी ओलीले पनि २ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा बोल्दै महावाणिज्यदूत दिपक खड्काले नगदबाहेक अन्य सहयोगका लागि पनि म तयार छु । युवाहरुले जुन किसिमबाट काम गरेका छन् यसलाई सबैल्े साथ दिनुपर्छ ।
कार्यक्रममा बोल्दै चर्चित गीतकार एवं ओम अस्पतालका प्रमुख डा. भोला रिजालले दिपकले आँटेको कामलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । आपूmले ओम अस्पताल सुरु गर्दा पनि निकै सानो अभियानका रुपमा रहेको र अहिले यसले धेरैभन्दा धेरैलाई सेवा दिन सकेकोमा सन्तुष्टि जनाउँदै रिजालले वार्षिक २५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धताजनाउनुभयो । कार्यक्रममा पूर्वप्रधानसेनापति रुक्मांगद कटवालले अठोटका साथ सुरु गरेको सहयोगी अभियानमा सबैले यथासक्य सहयो गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । यस्तै ईमेज ग्रुप अफ इण्डष्ट्रिजकी उपाध्यक्ष ईन्दिरा मानन्धरले पनि समाजसेवाका लागि कुनै उमेर नहुने भन्दै युवालाई साथ दिनुपर्ने बताउनुभयो । कार्यक्रममा अभिनेत्री दिपाश्री निरौलाले प्रेम गर्ने उमेरको युवाले समाजका लागि, अशक्त र अभावमा रहेकाहरुको लागि आफ्नो पैतृक सम्पत्ति नै बेचेर भएपनि अघि बढेको देख्दा यसमा हातेमालो गर्न मन लागेको बताउनुभयो । कार्यक्रममा घरआँगन संस्थाका अध्यक्ष दिपक सिलवालले अहिलेसम्म सबै आफ्नै पहलमा गरेपनि अब विस्तारै सहयोग मिल्दै गएकोमा खुशी व्यक्त गर्नुभयो । भूकम्पका कारण धेरै मानिस उपचार नपाएर आश्रय लिनुपर्ने अवस्थामा छन् तिनलाई पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सिलवालले अभियानमा सुपरस्टार राजेश हमाल, भुवन केसी, निखिल उप्रेती, गायक रामकृष्ण ढकाल लगायतले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अध्यक्ष सिलवालले एनआईसी एसिया बैंक थापाथली शाखामा रहेको खाता नम्बर ५४४१३३१०२६५२४००१ मा सहयोग रकम जम्मा गर्न सकिने बताउनुभयो । हामीले बस्ने, खाने, लगाउने उनीहरुको उपचार सबैको जिम्मा लिएर यतिबेला १५ जनाको सेवा गरिरहेका छौं । सबैले हातेमालो गरे अझै धेरैलाई सेवा गर्ने आफ्नो चाहना रहेको दिपकले जानकारी दिए ।