प्रचण्डले लेखे चिठ्ठी मोदी र सी जीन पिंगलाई


Prachanda2एकीकृत नेकपा (माओवादी) ले चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीलाई सुगौली सन्धिबाट कालापानी नदीपूर्वको भूमि नेपालको भएको र  लिपुलेक त्यसमै पर्ने उल्लेख गरी  पत्र पठाएको छ । केही दिनअघि बसेको सो पार्टीको केन्द्रीय समितिको बैैठकले छिमेकी देशलाई पत्र पठाउने निर्णय गरेको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सि जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई छुट्टाछुट्टै पत्र पठाएको स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले राससलाई आज जानकारी दिनुभयो । अध्यक्ष दाहाल यही असार २९ गते भारत जाँदै हुनुहुन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?