निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट १ करोड बनाउन माग
विभिन्न दलआवद्ध सभासदहरूले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट एक करोड रुपैयाँ पु¥याउन माग गरेका छन् । विभिन्न दल आवद्ध ५९ सभासद्ले प्रधानमन्त्री सुशील कोइरालालाई भेटी निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट राशीलाई रु १५ लाखबाट राष्ट्रिय बजेटको सामथ्र्य हेरी बढाएर रु एक करोडसम्म पु¥याउन माग गरेका हुन् । सभासद्ले आर्थिक वर्ष २०७२÷०७३ को राष्ट्रिय बजेटमा तीनैखाले प्रणालीबाट निर्वाचित भएका ६०१ सभासद्ले नियमानुसार कार्यान्वयन गर्ने एउटै प्रकारको निर्वाचन क्षेत्र विकास कार्यक्रम कायम गर्न पनि माग गरेका छन् । उक्त प्रावधानलाई राष्ट्रिय बजेटमा नै उपयुक्त व्यवस्था गर्न ध्यानाकर्षण गराएको प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ ।