नेपाल र नेपालीको सेवाका लागि जुर्मुराए चिकित्सक


doctorsअष्ट्रेलियामा नेपाली डाक्टरहरुको संगठन गठन भएको छ । अष्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेण्टल डक्टर्स एसोसिएसन गठन भएको हो । नवगठित कार्यसमिती अध्यक्षमा डा.केशवमणि भट्टराई, उपाध्यक्षमा डा. कुन्दन गिरी र डा अर्चना प्रधान, महासचिवमा डा. चन्द्रदीपक पोखरेल, सचिवमा डा. कुशराज श्रेष्ठ र कोषाध्यक्षमा डा. अञ्जु पाण्डे चयन हुनुभएको छ । यसैगरी सिड्नी संयोजकमा डा. प्रविन पाठक, भिक्टोरिया संयोजकमा मा डा. बालकृष्ण सुवेदी, क्विन्सल्याण्ड संयोजकमा डा. अतुल धिताल, क्यानबेरा संयोजकमा डा. पवन प्याकुरेल र वेष्टन अष्ट्रेलिया संयोजकमा डा. अजित चौरसिया चयन भएका छन् । अष्ट्रेलियामा रहेका नेपाली मुलका चिकित्सकहरुलाई संगठित गर्ने तथा अष्ट्रेलियामा सिकेको सीप र दक्ष्यतालाई नेपालीको सेवामा समर्पति गर्ने उदेश्य अनुरुप अष्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेण्टल डक्टर्स एसोसिएसन गठन भएको हो । एसोसिएसनले गत बैशाखमा आएको भुकम्प पछिको विषम परिस्थितिमा नेपालका विभिन्न दुर्गम भेगमा स्वास्थ्य शिविर गरेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?