राप्रपा नेपालद्वारा ¥याली, हिन्दू राज्य बनाउन माग
संविधानको मस्यौदाबाट धर्मनिरपेक्षता हटाउन माग गर्दै राप्रपा नेपालले भक्तपुरमा विरोध ¥याली निकालेको छ । भक्तपुरको दूधपाटीबाट सुरु भएको सो ¥याली वंशगोपाल, तौमढी, सुकुलढोका हुँदै दत्तात्रय पुगेर सभामा परिणत भएको थियो । सभामा राप्रपा महामन्त्री चन्द्रबहादुर गुरुङ, प्रवक्ता एवम् सभासद् विष्णु भट्टराई, सभासद् दिनेश श्रेष्ठ, केन्द्रीय सदस्य रामेश्वर थापालगायतले धर्मनिरपेक्षसहितको संविधान मान्न नसकिने बताउनुभयो । राप्रपा नेपालले हिन्दू राज्य कायम राख्नुपर्ने माग सहित आन्दोलन र संविधानको मस्यौदाको विरोध गरिरहेको छ ।