राज कुद्रा पक्राउपछि शिल्पा शेट्टीकी आमाले गरिन् यस्तो खुलासा !


एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रा यतिबेला प्रहरी हिरासतमा रहेका छन् । उनलाई पोर्न फिल्म बनाएको आरोप लागेपछि थप अनुसन्धानका लागि मुम्बईस्थित एक अदालतले १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको हो ।

सोही प्रकरणले शिल्पा शेट्टी अहिले चर्चामा छन् । यसैबीच शिल्पा शेट्टीकी आमाको बारेमा पनि एउटा सनसनीमूलक समाचार बाहिरिएको छ ।

रिपोर्टका अनुसार शिल्पा शेट्टीकी आमा सुनन्दा शेट्टीले जग्गा कारोबार प्रकरणमा १.६ करोड रूपैयाँ ठगी सम्बन्धी उजुरी दर्ता गरेकी छन् । मुम्बई पुलिसका अनुसार सुनन्दा शेट्टीले आफ्नो उजुरीमा सुधाकर घारेको नाम उल्लेख गरेकी छन् ।

प्रहरीका अनुसार सुनन्दा शेट्टीले आफ्नो आफ्नो उजुरीमा आरोप लगाएकी छन् कि कि आरोपितले फर्जी कागजपत्रको सहयोगमा १.६करोड रुपैयाँमा जमिन बेचेका हुन् ।

मुम्बई प्रहरीका अनुसार आइपिसीको सम्बन्धित धाराअन्तर्गत यो उजुरी दर्ता गरिएको छ । शिल्पा शेट्टीका पति राज कुन्द्राको बिरूद्ध चलिरहेको अश्‍लील सामग्री र्याकेटको मुद्दाबीच यो केस सार्वजनिक भएको हो । यस विषयमा शिल्पा शेट्टीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?