चीन घुम्ने भारतीय पर्यटकको संख्या बढ्यो, ६ महिनामा ३ लाख ५० हजार
भारतीय पर्यटकको चीन भ्रमणमा वृद्धि भएको यहाँको सरकारीे आँकडाले देखाएको छ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा चीन पुग्ने नागरिकको सङ्ख्या ३ लाख ५० हजार पुगेको छ । उक्त आँकडाअनुसार भारतीय नागरिकको चीनका विभिन्न ठाउँको भ्रमण गर्नेको सङ्ख्यामा अघिल्लो बर्षको तुलनामा ४.२ प्रतिशतले वृद्धि भएको हो । जनसङ्ख्याका हिसाबले विश्वका दुई ठूला राष्ट्र तथा निकट छिमेकी, भारत र चीनल,े गत वर्ष नागरिक–नागरिकबीचको सम्बन्धलाई थप मजबुत पार्दै दुई देशबीचको पर्यटनमा सुधार ल्याउने सहमति गरेका थिए । यसपछि भारतीय नागरिकको चीन भ्रमणको सङ्ख्यामा वृद्धि भएको चिनियाँ राष्ट्रिय पर्यटन प्रशासन (सीएनटीए) ले बताएको छ । चिनियाँ राष्ट्रपति सि जिङपिङकोे गएको सेप्टेम्बरमा भएको भारत भ्रमणका क्रममा सन् २०१५ लाई भारत भ्रमण वर्ष र २०१६ लाई चीन भ्रमण वर्षको रूपमा सुरु गरी दुई देशबीचको पर्यटनमा सुधार गर्ने सहमति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सिबीच भएको थियो ।