आज एमालेको पोलिटव्यूरो बैठक, केन्द्रीय कमिटी बैठक १० गते


Oli Delivers Remarks

Oli Delivers Remarks
Oli Delivers Remarks

संविधान निर्माणलगायत विषयमा छलफल गर्न नेकपा (एमाले)को पोलिटब्युरो बैठक शनिबार बस्दैछ । ंविधान निर्माणको प्रक्रियामा गत जेठ २५ मा चार दलबीच भएको सोह्रबुँदे सहमति र संविधानको मस्यौदा तयार भएपछिको अवस्थामा पोलिटब्युरो बैठक बस्न लागेको हो । एमाले केन्द्रीय सचिवालयका सचिव प्रदीपकुमार ज्ञवालीका अनुसार संविधान निर्माण प्रक्रियाको स्थिति, पार्टीको साङ्गठनिक नियमावली र भूकम्पपछिको पुनःनिर्माणका लागि सञ्चालित राष्ट्रिय स्वयंसेवक अभियानको समीक्षालगायत कार्यसूची बैठकका लागि तय भएका छन् । पोलिटब्युरो बैठकपछि यही साउन १० गते पार्टी केन्द्रीय कमिटीको बैठक बस्ने तयारी भएको छ । पार्टी कार्यालय भने धूम्रबाराहीमा एक हप्ताभित्र स्थानान्तरण गरिने बताइएको छ । पासाङल्हामु शेर्पा स्मृति प्रतिष्ठानमा पाँच वर्षका लागि पार्टी कार्यालय सारिने तयारी गरिएको पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?