लगानी, प्रतिआतङ्कवाद र मानवअधिकारबारे वार्ता गर्ने
अमेरिकी राष्ट्रपति बाराक ओबामा केन्या पुग्नुभएको समाचार छ । आफ्ना पिताको जन्म भएको सो देशमा उहाँ राष्ट्रपति भएपछि पहिलो पटक पुग्नुभएको हो । उहाँले यस भ्रमणका क्रममा केन्यामा लगानी, प्रतिआतङ्कवाद र मानवअधिकारबारे वार्ता गर्नुहुने समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार उहाँ नैरोवीमा रहँदा विशेषगरी पछिल्लो समयमा केन्याको राजधानी नैरोवीमा सुरु भएका हत्या हिंसाका क्रियाकलापहरुको नियन्त्रणका लागि आवश्यक वार्ता गर्नुहुने छ । उहाँको आगमनपछि नैरोवीमा निकै कडा सुरक्षा व्यवस्था बनाइएको बताइएको छ । उहाँ शुक्रबार राति अबेरमात्र नैरोवी ओर्लिनुभएको थियो । आइतबार ओबामा इथियोपिया लाग्नुहुने छ ।