Banner first

भाषालय : २०१८ देखि तास्मानियामा नेपाली पुस्ताहरुलाई जोड्दै

“एकजना अभिभावक नेपालबाट आउनुभएको थियो । उहाँको नाति नातिना हेर्नका लागि । तर, घरमा बुबाआमा हुँदासम्म ठीकै थियो । जब उनीहरु काममा जान्थे त्यतिबेला हजुरबुबालाई आफ्ना नाति नातिनासँग कुराकानी गर्न समेत कठीन भयो । बुबाआमा अंग्रेजी नबुझ्ने, नाति नातिना नेपाली नबुझ्ने नबोल्ने । अनि भाषालयको सोच विकसित भएको हो ।” यो भनाई हो अष्ट्रेलियाको तास्मानिया राज्यमा अवस्थित लन्चेष्टन शहरमा विगत दुईवर्ष अघिबाट सुरु गरिएको नेपाली भाषालय विद्यालयका संयोजक ओमकुमार मगरको । उनी दुईवर्षअघिको घटनालाई सम्झदै भन्छन्, “सन्तोष अधिकारीजी हुनुहुन्थ्यो त्यतिबेला । उहाँले सुरु गर्नुभएको हो । यस भाषालयको अवधारणा नवराज मडवरीले ल्याउनुभएको थियो । त्यसमा हामी थपिदै गयौं । म पनि भाषा शिक्षकका रुपमा पढाउन सुरु गरेर अहिले यसको अध्यक्ष भएको छु । भाषालय सुरुवातमा यहाँका मेयर अल्बर्ट भ्यान्जेटन पनि सहभागी भएर हौसला दिएका थिए ।”

हरेक साता २ घण्टाको कक्षा हुने गरेको छ यहाँ । पहिलो घण्टा पढाई हुन्छ । भूगोल, संस्कृति, भाषा र संगीतका बारेमा जानकारी दिइन्छ । दोश्रो घण्टा नृत्य सिकाइन्छ । नेपाली भाषाकै गीतमा नाच्न सिक्दैछन् ३५ जना बालबालिका ।

विदेशमा बस्ने नेपालीहरुको लागि आफ्नो भाषा, संस्कृति र कला कति धेरै महत्वपूर्ण हुन्छ र दोश्रो पुस्तामा हस्तान्तरण गर्नका लागि सबैजना प्रयत्नशील छन् भन्ने कुराको पछिल्लो उदाहरण बनेको छ भाषालय ।
हरेक साता २ घण्टाको कक्षा हुने गरेको छ यहाँ । पहिलो घण्टा पढाई हुन्छ । भूगोल, संस्कृति, भाषा र संगीतका बारेमा जानकारी दिइन्छ । दोश्रो घण्टा नृत्य सिकाइन्छ । नेपाली भाषाकै गीतमा नाच्न सिक्दैछन् ३५ जना बालबालिका । पूर्णतः स्वयंसवी भावनामा चलेको यो भाषालयमा मगरका अतिरिक्त यतिबेला प्रेम भट्टराई र कला पाठकले पनि सहयोग गरिरहेका छन् । सिटी काउन्सिलले ५ हजार डलरको सहायता गरेको थियो जसबाट बालबालिकालाई आवश्यक पर्ने विभिन्न सामग्रीहरु, हलको भाडा र सहभागीहरुको ईन्स्युरेन्स गरिएको छ जानकारी मगरले दिए । भाषालयले विद्यार्थीहरुबाट लिने भनेकै दर्ताको बेला १ सय डलर हो । त्यस बाहेक कुनै शुल्क लिने नगरिएको उनी बताउँछन् ।

नेपालबाट वर्णमाला र कक्षा १ को किताब ल्याएका उनीहरु आफैं छलफल र अनुसन्धान गरी के पढाउने यसको तालिका पनि निर्माण गर्दछन् ।

संयोजक मगरले एमएनटीभीसँग भने, “डिसेम्बर २०१८ बाट स्थापित यो भाषालय निरन्तर चलिरहोस् यहाँका हाम्रा दोश्रो पुस्तालाई सदैव नेपाली भाषा सिकाउन पाइराखौं । हामो चाहना यत्ति हो ।”