अफगानिस्तानमा अर्को संकट, जातीय हिंसाको आशंका


अफगानिस्तानमा धाधली भएको आरोप लगाइएको निर्वाचनमा को सही विजयी हो भनि पत्ता लगाउन संयुक्त राष्ट्र सङ्घको सुपरिवेक्षणमा भइरहेको मतपत्र परीक्षणबाट दुई उम्मेदवारमध्ये एक हटेपछि यो प्रक्रिया बुधबार धराशायी हुने देखिएको छ । जुन १४ मा भएको निर्वाचनमा आफूविरुद्ध व्यापक रुपमा धाँधली भएको आरोप लगाएका उम्मेदवार अब्दुल्लाह अब्दुल्लाहका वरिष्ठ प्रचारप्रसार अधिकारीले गलत मत रद्द गर्ने प्रक्रिया हाँसोको रुपमा रहेको आरोप लगाएपछि उक्त प्रक्रियाबाट उहाँ हट्नुभएको छ । अमेरिकी नेतृत्वमा नेटोको सेना तालिवान विद्रोहीसँग १३ वर्षसम्म युद्धपछि फर्कन लाग्ने अवस्थामा अब्दुल्लाह तथा उहाँका प्रतिद्वन्द्वी अस्रफ घानीबीचको मतभेदले अफगानिस्तानमा जातीय हिंसा पुनः आरम्भ हुने आशङ्का गर्न लागिएको छ । अब्दुल्लाहका अनुगमनकर्ताले असी लाख मतपत्र परीक्षण गर्ने कार्यमा भाग लिन अस्वीकार गरेपछि बुधबार उक्त कार्य रोकिएको छ । अमेरिकाले गराएको सम्झौतामा दुबै पक्षले उक्त पुनःगणनालाई समर्थन गर्ने तथा नतिजालाई सम्मान गर्ने बचन दिनुभएको थियो । अब्दुल्लाहका अभियानका प्रवक्ता फजेल आका हुसेन सन्चारकीले आफूहरु आज उक्त प्रक्रियामा संलग्न नहुने तथा यस प्रक्रियामा संलग्नै नहुनसक्ने जानकारी दिए । सन्चारकीले यस विषयमा संयुक्त राष्ट्र सङ्घसँग वार्ता भइरहेको र सम्झौतामा पुगिए फर्कने नत्र यो कार्य अन्त्य हुने जानकारी दिए । यस परीक्षणले आउँदो सरकारको वैधानिकता बलियो बनाउने अपेक्षा गरिएको थियो । अब्दुल्लाहका समर्थकहरुले सडक प्रदर्शन गरे अफगानिस्तानमा अस्थिरता उत्पन्न हुनसक्छ र संयुक्त राष्ट्र सङ्घले यसबाट सन् १९९० को गृहयुद्ध हुँदाको जस्तो मुलुक विभाजन हुने आशङ्का गरेको छ ।[ninja-popup id=1184 autoopen=true]

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?