उमेर ६ वर्ष, उचाई ५ फुट ७ ईन्च
भारतको मेरठमा एउटा बच्चा अश्वाभाविक रुपमा बढ्दै गएपछि सबै आश्चर्यचकित बनेका छन् । उसको नाम करन हो र उनको उमेर मात्र ६ वर्ष भएको छ । उनकी आमा स्वेतलाना भारतीय बास्केटबल टिमको खेलाडी हुन् र उनले ६ वर्ष अघि करनलाई जन्म दिएकी थिइन् । स्वयं स्वेतलानाको उचाई पनि सात फुट ३ ईन्च छ । तर, छोरा ६ वर्षकै उमेरमा ५ फिट ७ ईन्च पुगेपछि सबैजना आश्चर्यचकित बनेका छन् । जब उसलाई विद्यालयमा भर्ना गर्न लगियो तब कसैले पनि पत्याएन ऊ मात्र ६ वर्षको हो भनेर । अहिले ऊ २ कक्षामा पढ्दैछ र उसका साथीहरु सबै सानासाना छन् । आमाजस्तै करन पनि बास्केटबलको शौखिन छ । र, यसैबाट केही उपलब्धी हासिल होस् भन्ने उसको ईच्छा छ ।[ninja-popup id=1184 autoopen=true]