एनआरएनको क्षेत्रीय सम्मेलन सुरु, नेपालमा विकास मुख्य एजेन्डा
जपानको नागानोस्थित तातेसिना रिसोर्टमा गैरआवासीय नेपाली संघ एनआरएनको आठौं क्षेत्रीय सम्मेलन आजबाट सुरु भएको छ । सम्मेलनको जपानका लागि नेपाली राजदूत डा। मदनकुमार भट्टराई, एनआरएन अध्यक्ष शेष घले, सभाषद् गगन थापा र स्थानीय चिनो शहरका मेयरले संयुक्त रुपमा उद्घाटन गरेका थिए । अर्थमन्त्री डा। रामशरण महत आउने भनिएपनि प्रधानमन्त्री अमेरिका जानुअघिको कार्यव्यस्तताका कारण उनी आउन सकेनन् । उनले स्काईपबाट सम्मेलनलाई सम्बोधन गरेका थिए । सम्मेलनमा एनआरएन अध्यष शेष घलेले वितेको एक वर्षको अवधिमा धेरै काम भएको भन्दै नेपालको आर्थिक विकासको मार्गचित्र कोर्न सम्मेलन सफल हुने बताउनुभयो । संस्थामा पारदर्शिता, ईमान्दारितामाथि कहिल्यै सम्झौता नगरिने पनि उहाँको प्रतिबद्धता थियो । सम्मेलनमा अष्ट्रेलिया लगायतबाट एनआरएन सदस्यहरु सहभागी भएका छन् । उद्घाटन समारोहमा एनआरएनको भवन निर्माणका लािग संस्थापक अध्यक्ष डा। उपेन्द्र महतोले १ करोड ५१ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको थियो । विदेशमा रहेका नेपालीले नै पनि नेपालमा लगानी गर्ने हो भने देशको मुहार फेर्न सकिनेछ भन्ने कुरामा आशवादी रहेको अन्य वक्ताहरुको भनाई थियो ।
सम्मेलनको दोस्रो दिन शुबmबार एनआरएनको बिधिबिधान तथा नीति निर्माणका बिषय लगायत महिला, युवा, रोजगारी, डायस्पोरिक मिडिया, शिक्षा, स्वास्थ्य क्षेत्रका परोपकारी बिषयमा छलफल हुनेछ । २० तारिखको बिहान नागानोबाट टोकियो फ़र्कदै गर्दा यात्रारत अवस्थामै फेरि एनआरएन आइसीसीको बैठक गरिने, त्यसपछि बाह्य मुलुकबाट आएका एनआरएन अतिथिहरुलाई उएनो पार्कमा हुने नेपाल फेस्टिवलको अवलोकन गराईने र त्यपछिको आधा दिन टोकियो सिटी टुर गराइने कार्यक्रम छ । सोही साँझ बिभिन्न मुलुकबाट आएका एनआरएनहरुको स्वागतमा टोकियोस्थित नेपाली राजदूताबासले रात्रीभोजको आयोजना गर्ने र सोही समारोहमा आठौं सम्मेलनको समापन गरिने तयारी भएको छ।