पूर्वराजाले यसवर्ष टिका नलगाइदिने
पूर्व राजा ज्ञानेन्द्र शाहले यसवर्ष सर्वसाधारणलाई टिका नलगाउने भएका छन् । भर्खरै मुटुको अपरेशन गरेपछि चिकित्सकहरुले पूर्ण रुपमा आराम गर्न उनलाई भनेबमोजिम सार्वजनिक कार्यक्रम स्थगित गरिएको पूर्वराजाका स्वकीय सचिव फणि पाठकले जनाएका छन् । यस्तै महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरूमा दर्शन गर्ने कार्यक्रम पनि स्थगित गरिएको छ । पूर्व राजाका सहयोगी फणि पाठकले एक विज्ञप्ति प्रकाशित गर्दै यस्तो जानकारी दिएका हुन् ।