सेनाले बनाएको पुल र सडकको प्रधानसेनापतिबाट अवलोकन


प्रधानसेनापति गौरवशमशेर जबराले नेपालमा पहिलोपटक सञ्चालनमा ल्याएको एक्रोब्रिजको आज अवलोकन गर्नुभयो   सिन्धुपाल्चोकको धुस्कुन बाह्रविसे गाविसको सीमामा पर्ने सुनकोसी नदीमाथि सेनाले सो पुल जडान गरेको हो यसबाट वैकल्पिक सुनकोसी मार्ग पूर्णरुपमा सञ्चालनमा आएको सो पुलका आवश्यक सबै सामग्री सेनालाई अमेरिकाले सहयोग दिएको थियो   साउन १७ गते राम्चे माङ्खा गाविसको सीमामा पर्ने जुरेमा गएको पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको थियो सरकारले तत्काल अरनिको राजमार्गको वैकल्पिक मार्गका रुपमा सेनाले खाडीचौर, एककिलो, पावर हाउस, उन्युचौर टेकनपुर, धुस्कुन हुँदै बाह्रविसेलाई चयन गरी यसको निर्माण गर्न सेनालाई जिम्मा दिएको थियो अवरुद्ध अरनिको राजमार्ग खुलाउने क्रममा सेनाले सो स्थानमा एक्रोब्रिज जडान गरी आवात जावत सुरुवात गरेको थियो सो अवसरमा प्रधानसेनापति राणालाई वैकल्पिक सडक उक्त पुलको बारेमा  सो सडक एवम् पुल निर्माण कार्यदलका प्रमुख सेनानी इन्दिवर गुरुङले जानकारी गराउनुभएको थियो एकैपटक पुलबाट जीप, मिनिट्रक ओहोर दोहोर गर्न सक्ने छन् प्रमुख सेनानी गुरुङले भन्नुभयो पुलकोsena3 sena4 sena 2 sena1 लम्बाई १२० फिट, चौडाई पाँच दशमलब पाँच ३० टन भारवहन क्षमता रहेको   सेनाले करिब एक महिनाको अन्तरमा सो सडक निर्माण गरी हिजो आइतबारदेखि पूर्णरुपमा यातायात सञ्चालनमा ल्याएको थियो भदौ २५ गतेदेखि आंशिकरुपमा सो सडक सञ्चालनमा आएको थियो हालसम्म ९३ वटा हल्का सवारी साधान सो सडक क्षेत्रमा आवत जावत गरेको नेपाली सेनाले जनाएको   वैकल्पिक मार्ग खुलाउने क्रममा सेनाले यसअघि २०४९ सालमा पृथ्वी राजमार्गमा बेलीब्रिज जडान गरेको थियो हामीले दुई दिनमा एक्रोब्रिज जडान कार्य सम्पन्न ¥यौँ, पछि पनि दुई दिनमा निकाल्न सकिन्छ सेनानी गुरुङले भन्नुभयो सेनाले सञ्चालनमा ल्याएको खाडीचौरदेखि बाह्रबिसे बजारसम्मको सडक करिब ११ किलोमिटर रहेको साउन २७ गतेदेखि सेनाले सो सडक निर्माण कार्य सुरु गरेको थियो प्रमुख सेनानी गुरुङले वैकल्पिक सडकमध्ये साधारण मर्मत आठ किलोमिटर तीन किलोमिटर मात्र नयाँ ट्रयाक खोलिएको जानकारी दिनुभयो सैनिक ७१२ गैरसैनिक ५० जना, एउटा डोजर, तीन एस्काभेटर, चारवटा रक ड्रिल, एउटा कम्प्रेसर परिचालन गरी सेनाले सो सडक निर्माण गरेको थियो सो अवसरमा प्रधानसेनापति राणाले नेपाली सेनालाई सरकारले दिएको जुनसुकै जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिरहेको सो कार्यअन्र्तगत यहाँको सडक पुल निर्माण गरिएको हो भन्नुभयो

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?