सात प्रदेश एमालेको अडान भएको भीम रावलको भनाई
संविधान लेखनबारे विभिन्न बहस भइरहेका बेला नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले एमाले सात प्रदेशको पक्षमा रहेको बताउनुभएको छ । एमाले चन्द्रपुर नगर कमिटीको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उहाँले संविधान बनाउनकै लागि हालै पाँचबुँदे सहमति गरिएको हो भन्नुभयो । आफ्नो पार्टीले सबै जातजाति, भाषाभाषी र संस्कृतिको आवाजलाई आत्मसात् गर्दै आएको उहाँको भनाइ छ । सभासद् रामकुमार भट्टराईले संविधान बनाउने कार्यमा राजनीतिक दल गम्भीरताका साथ लागिरहेकाले तोकिएको अवधिमा संविधान जारी भएर छाड्ने बताउनुभयो ।