लागूऔषध बोकेर विराटनगर आउँदै गरेका दुईजना पक्राउ


भारतको जोगवनीबाट लुकाएर ल्याइरहेको अवस्थामा प्रहरीले दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । सुनसरीको धरान–१२ का ३९ वर्षीय किरण श्रेष्ठ र विराटनगर–२० का ५९ वर्षीय विनोद विश्वकर्मालाई पक्राउ गरिएको पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । लागुऔषध ब्युरो विराटनगरबाट खटिएको टोलीले विराटनगर–२१ स्थित मेटल चोकमा चेकजाँच गर्दा उनीहरूको साथबाट १८ सेट लागुऔषध टिटी बरामद भएको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय रानी, विराटनगरमा राखेर थप अनुसन्धान भइरहेको बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?