नेपाल फेष्टिभल सिड्नी २०१४ का सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन


एनआरएन अष्ट्रेलिया सिड्नी राज्य समितिले आयोजना गरेको नेपाल फेष्टिभल २०१४ सफलतापूर्वक सम्पन्न भएको खुशीयालीमा यसमा संलग्नहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । एसफिल्डको पुलिस क्लबमा आयोजना गरिएको कार्यक्रमा सहभागी कलाकार, विज्ञापनदाता, स्वयंसेवकहरुलाई सम्मान गरिएको हो । विभिन्न सांस्कृतिक कार्यक्रम र डिनरसहित आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा प्रमुख अतिथि न्यू साउथ वेल्सका लागि नेपाली महावाणिज्यदूत दीपक खड्का हुनुहुन्थ्यो यस्तै कार्यक्रममा अतिथिको रुपमा एनआरएन अध्यक्ष महेन्द्र ओली, एनआरएन ओसियाना क्षेत्रीय संयोजक विष्णु हमाल, आईसीसी संरक्षक ईन्द्रा बन लगायत सहभागी हुनुहुन्थ्यो । सिड्नी नेपाल फेष्टिभलका संयोजक हरि राम्जालीले कार्यक्रममा सहभागी सबैमा धन्यवाद ज्ञापन गर्नुभयो । सहकार्यबाट नै सफलता प्राप्त भएको उहाँको भनाई थियो । यस्तै प्रमुख अतिथि दीपक खड्काले एनआरएन अभियानमा अष्ट्रेलियाको भूमिका सदैव स्मरणीय र नेतृत्वदायी हुने गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले एनआरएन सुरुहुँदाताका जुन व्यक्तिहरु यसमा सहभागी थिए तिनीहरु दृढतापूर्वक लागेकोले नै एनआरएन यहाँसम्म पुगेको भन्दै एनआरएनलाई रुखको संज्ञा दिनुभयो र ति पुराना अग्रजहरु रुखको जरा भएको टिप्प्णी गर्नुभएको थियो । एनआरएन अध्यक्ष महेन्द्र ओलीले युवामा नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु गरिदिएकोमा अग्रजहरुलाई धन्यवाद दिनुभयो र यस पटकको नेपाल फेष्टिभल विभिन्न चुनौतीका बाबजुद सम्पन्न गर्ने सफलता पाएकोमा दोस्रो पुस्ताका एनआरएनहरुले गर्व गर्नुपर्ने बताउनुभयो । अन्य वक्ताहरुले पनि धन्यवाद ज्ञापन गर्दै एकताबद्ध भई अघि बढे सफलता प्राप्त हुने बताउनुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?