हिंसाको बाटोमा अघि बढ्दै हङ्कङ्को आन्दोलन, मुकुन्डो लगाएकाले गरे आक्रमण
हङ्कङ्मा प्रजातन्त्रको मागगर्दै जारी रहेको आन्दोलनका क्रममा सोमबार झडप भएको छ । अकुपाई सेन्ट्रल नाम दिइएको सो आन्दोलनमा सडकमा रहेका आन्दोलनकारीहरुबीच सो झडप भएको हो । उक्त झडपका क्रममा कयौं नागरिक घाइते भएका समाचारमा जनाइएको छ । सो समाचारअुनसार आन्दोलनकारीहरुमाथि मुखुण्डो लगाएका नागरिकले आक्रमण गरेपछि आन्दोलनकारीले पनि उनीहरुमाथि जाइलागेका थिए । सो आन्दोलनमा यस्तो मुखुण्डो लगाएका दर्जनौँ मुखुण्डोधारीले हमला गरेका थिए । सो हमलापछि आन्दोलनकारीका तर्फबाट भएको कारबाहीमा परी ती मुखुण्डोधारी घाइते भएका छन् । चिनियाँ सरकारले उक्त आन्दोलनलाई प्रजातन्त्र विरोधी भन्दै यसले प्रजातन्त्रको प्रप्तिका लागि नभएर हङ्कङलाई झनै पछि धकेल्ने काम गरिरहेको भनिरहेका बेला यो आन्दोलनमै यसरी घुसपैठ भइरहेको बताइएको छ । उता चिनियाँ सरकारले नै सो आन्दोलनले त्यहाँ सरकारी सम्पत्तिमा क्षति पु¥याएको बताइरहेको छ । आन्दोलनकारीले सरकारी सम्पत्तिमा आक्रमण गरी ध्वस्त बनाएको सरकारले बताएको छ । प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रण गर्न ठूलो मात्रामा अश्रुग्यास प्रयोग गरेको तथा यसको नियन्त्रणको काम निकै जटिल बनिरहेका बेला सो आन्दोलनमा घुसपैठ भएको बताइएको छ ।