दीपक धिताल राष्ट्रसंघीय स्थायी नियोग प्रतिनिधि नियुक्त


राष्ट्रपति डा रामवरण यादवले संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोग जेनेभाको प्रतिनिधिमा परराष्ट्र मन्त्रालयका सहसचिव दीपक धिताललाई नियुक्त गर्नुभएको छ । सहसचिव धिताललाई आज स्थायी प्रतिनिधिका रूपमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रघुनाथ अधिकारीले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम धिताललाई सो पदमा नियुक्त गरिएको हो । यही असोज ६ गते व्यवस्थापिका–संसद्, सार्वजनिक सुनुवाइ विशेष समितिले धितालको सुनुवाइ गरी नियुक्तिका लागि सिफारिस गरेको थियो । सरकारले गत भदौ १९ गते परराष्ट्र मन्त्रालयमा कार्यरत वरिष्ठ छ सहसचिवलाई विभिन्न मुलुकको राजदूतका रूपमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?