हिन्दू देवी देवतालाई कहाँ लगाउँदैछन् ? बिक्री गर्ने अमेजनको विरोध


विश्वभरी ख्याति कमाएको अमेजनले हिन्दू भगवानको प्रिन्ट भएको महिलाहरुले लगाउने लेगिंग बिक्री गरेपछि विश्वभरी यसको विरोध सुरु भएको छ । करिब ५ हजार नेपाली रुपैयाँ पर्ने यी लेगिंगहरुलाई यिजम ब्राण्डले तयार पारेको हो । जब बिक्री सुरु भयो कैयौं हिन्दूवासी संगठनहरुले यसको विरोध मात्र गरेनन अमेजनलाई ईमेल पठाएर तत्काल रोक्न चेतावनी पनि दिएका छन् । युनिभर्सल सोसाईटी अफ हिन्दूईज्मले यसमा आपत्ति जनाउँदै हिन्दू देवी देवताको तस्वीर खुट्टा या त्यसको आसपास लगाउन नहुने बताएको छ । संगठनका अध्यक्ष राजन जेडले अमेरिकाको नेवाडाबाट एक विज्ञप्ति प्रकाशित गर्दै अमेजनले तत्कालै बिक्री रोक्नुपर्ने र माफी माग्नुपर्ने माग गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?