चीनसँग सिमा जोडिएको क्षेत्रमा सडक निर्माण गर्ने भारतीय योजना, चीन सशंकीत


भारतले आफ्नो दुर्गम तथा चीनसँग उत्तरपूर्वी भागमा रहेको विवादास्पद सीमामा राजमार्ग निर्माण गर्ने योजना बनाएको एक अधिकारीले जानकारी दिएका छन् भने यसप्रति बेइजिङले चासो व्यक्त गरेको छ । अरबौँ डलर लागतको उक्त परियोजना अनुसार असम तथा अरुणाचल प्रदेशको पहाडी भाग भएर उक्त सडक अगाडि बढ्ने एक अधिकारीले बताए । गृहमन्त्रालयका अधिकारीले उक्त परियोजनाको विस्तृत विवरण अझै तयार भइरहेको र एक हजार ८०० किलोमिटरको उक्त सडकको निर्माण छिटै आरम्भ हुने जानकारी दिए । प्रधानमन्त्री मोदी मे महिनामा शासनमा आउनुभएपछि उक्त राजमार्गको परियोजना आगाडि आएको हो । यस राजमार्ग परियोजनाका विषयमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होङ लीले भारतले परिस्थितिलाई थप जटिल नबनाउने अपेक्षा गरिएको बताउनुभयो । उहाँले बेइजिङमा एक दैनिक पत्रकार सम्मेलनमा भारत तथा चीनबीच सीमाविवाद औपनिवेशिक कालदेखि कायम रहेको र यी विषयलाई उचित रूपमा समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले अन्तिम समाधान नभएसम्म भारतले परिस्थितिलाई थप जटिल बनाउने कुनै कार्य नगर्ने आशा गरिएको बताउनुभयो । सहायक गृहमन्त्री किरेन रिजिजुले यो भारतको इतिहासमा सबैभन्दा ठूलो आधारभूत संरचना परियोजना हुने बताउनुभयो । हाँले यसका लागि ६।५ अर्ब अमेरिकी डलर बराबर खर्च हुने अनुमान गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?