तस्करबाट बरामद भएको चाँदी प्रहरीबाट सार्वजनिक
साना दाना बनाएर भारततर्फ लैजान लागिएको २० किलो चाँदी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । ढिक्कामा लैजाँदा शंका हुने भएकोले यस किसिमको प्रविधि प्रयोग गरी चाँदीलाई सानो सानो गोलो सबुरदाना आकारको बनाई प्लाष्टिकको पोकामा राखेर लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी सिमासुरक्षा बल जनकपुरले धनुषाले पक्राउ गरेको हो । १२ लाख ९० हजार मूल्य पर्ने उक्त चाँदी सशस्त्र प्रहरी बल धनुषाले जनकपुरमा बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । जनकपुर जटही सडक खण्डको नगराईन गाविस हुदैँ भारतको जयनगर तर्फ चाँदी लादै गरेको अवस्थामा सशस्त्र प्रहरी बलका स.प्र.नि छविलाल रावतको कमाण्डमा खटिएको टोलीले युवक सहित उक्त परिमाणको चाँदी पक्राउ परेका हुन् । लगमा गठागुठी गाविसका वडा नं. ३ का १७ वर्षीय राजकुमार साह नगराईन चोकमा पक्राउ परेको सशस्त्र प्रहरी बलका प्रहरी उपरिक्षक रविन्द्र ठाकुरले जानकारी दिनुभयो । ना ३ प ७३० नम्बरको मोटरसाइकलमा लुकाएर भारततर्फ लैजान लागिएको थियो ।