छोरीलाई ४ वर्षदेखि बलात्कार गर्ने बाबुलाई २० वर्ष कैदको फैसला
आप्mनै १५ वर्षीया छोरीमाथि विगत चार वर्षदेखि जवरजस्ती करणी गर्दै आएका ललितपुर चाकुपाटमा अस्थायी बसोबास गदै आएका एक बाबुलाई ललितपुर जिल्ला अदालतले २० वर्ष कैद सजाय गर्ने फैसला गरेको छ । पीडित बालिकाको आवश्यक पर्ने स्वास्थ्य तथा मनोवैज्ञानिक परामर्श राज्यबाट निःशुल्क उपलब्ध गराउने पीडितको शैक्षिक अधिकार संरक्षणका लागि राज्यले निःशुल्क उपलब्ध गराउने र प्रतिवादीबाट पछि असुल उपर गर्ने गरी एकमुष्ट रु पाँच लाख राज्यको तर्फबाट क्षतिपूर्ति भराउने फैसलामा उल्लेख भएको जनाइएको छ । जिल्ला न्यायाधीश टेकनारायण कुँवरको इजलासले नावालकको बाँच्न पाउने अधिकार, शिक्षाको अधिकार, सहभागिताको अधिकारको संरक्षण गर्न यस्तो गम्भीर प्रकृतिको मुद्दामा बालअधिकारसम्बन्धी महासन्धि १९८९ र बालबालिकासम्बन्धी ऐन २०४८ समेतको आधारमा उक्त फैसला गरेको अदालतका प्रवक्ता कौशल ज्ञवालीले जानकारी दिनुभयो । चालक रहेका बाबुले विभिन्न समयमा मौका छोपी छोरीलाई त्रास देखाएर जवरजस्ती गरेको पीडितकी आमाले जाहेरीमा उल्लेख गरेकी थिइन ।