चियापानमा नेताहरुको मुड, फोटो फिचर पनि


आन्तारिक बैठक, सभा, समारोहमा एकार्कालाई घोचपेच गर्ने नेताहरु भने नेकपा९एमाले०ले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा भिन्दै मुडमै देखिए । शुक्रबार खुल्लामञ्चमा नेपाली काँग्रेस, एमालेलाई सराप्दै जनविद्रोह गर्छु भन्ने उद्घोष गर्नुभएका एकीकृत नेकपा९माओवादी० अध्यक्ष पुष्पकमल दाहाल हँसिलो मुद्रामा चियापन समारोहस्थलमा प्रवेश गर्नुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हात मिलाएर कुम हल्लाउँदै दाहाल चियापानमा बसुन्जेल आफू मात्र हाँस्नु भएन अरुलाई पनि हँसाउनुभयो । सधँै शालीन मुद्रामा बस्ने प्रधानमन्त्री सुशील कोइराला पनि दाहालको अभिव्यक्ति र हाउभाउ हेरेर मुस्कुराउनुभयो । दाहालका साथमा मञ्चमा सँगै रहनुभएका नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवासँग दाहालको संविधानका विवादित विषयमा सहमति खोज्ने विषयमा केही बेर जुहारी नै चल्यो । “सहमति र सहकार्यबाटै अघि बढ्नुपर्छ” जुहारी साम्य पार्ने प्रयास गर्दैै दाहाल र देउवाको मुहारमा हेरेर एमाले नेता माधवकुमार नेपाल थप्नुभयो । दलका शीर्ष नेताको गतिविधिलाई नेपालका लागि भारतीय राजदूत रणजित राय, पूर्वप्रधानसेनापति रुमाङ्गत कटुवाल तथा अन्य विदेशी कूटनीतिज्ञले निकै चासो दिएर हेरिरहनुभएको थियो । मानौँ त्यो माहोल यस्तो थियो, दलहरुबीच सहमतिका साथ संविधान आगामी माघ ८ भित्र जारी हुँदैछ । सधैँ भेटघाट र कार्यक्रममा विभिन्न उखानटुक्का जोडेर सबैलाई हँसाउने एमालेका अध्यक्ष ओली चियापान समारोह अवधिभरि नै हँसिलो मुद्रामा पाहुनाको स्वागत सत्कारमा नै व्यस्त देखिनुहुन्थ्यो । त्यसो त चियापान समारोहलाई सद्भाव, मेलमेलाप, आपसी सम्बन्ध सुदृढ बनाउने मञ्चका रुपमा लिइन्छ । अन्य बेला जति तिक्तता भए पनि आजको चियापनमा दलका नेताहरु सौहाद्र्रपूर्ण तरिकाले एकापसमा उत्साहित तरिकाले कुराकानी गरिहेका थिए । कार्यक्रममा प्रधानमन्त्री कोइराला, उपप्रधानमन्त्री प्रकाशमान सिंह, समाभुख सुवास नेम्वाङ, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, कानुन, न्याय, संविधानसभा तथा संसदीय व्यवस्थामन्त्री नरहरि आचार्य, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्यलगायत मन्त्री हाँसीखुसी चियापानमा उपस्थित हुनुहुन्थ्यो । त्यस्तै एमाओवादी नेता डा बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, शक्तिबहादुर बस्नेत, काँग्रेसका कृष्णप्रसाद सिटौला, अर्नुननरसिंह केसीलगायत, नेकपा ९माले० का महासचिव सिपी मैनाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको सहभागिता थियो । मधेसी जनअधिकार फोरम नेपाल ९लोकतान्त्रिक० का अध्यक्ष विजयकुमार गच्छदार, फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, कूटनीतिक नियोगका प्रतिनिधि, नेपाल प्रज्ञा –प्रष्ठिानका प्राज्ञ, प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्र्रेती, उच्चसरकारी कर्मचारी, सुरक्षा निकायका प्रमुख, कानुन व्यवसायी, नागरिक समाजका प्रतिनिधि, पत्रकारलगायत पुग्नुभएको थियो । एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले २०५१ सालदेखि चाडपर्वका अवसर पारेर चियापान समारोहको आयोजना गर्न सुरु गर्नुभएको थियो । त्यसबेलादेखि नै चियापान रहेक वर्ष मनाउने गरिन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?