पाकिस्तानी सेनाप्रमुखले दिए भारतलाई चेतावनी, तत्काल आक्रमण रोक्न माग


पाकिस्तानी सैनिक प्रमुखले सीमामा भएको आक्रमणहरुका विषयलाई लिएर भारतलाई चेतावनी दिनुभएको छ । उहाँले भन्नुभयो– सीमाम कुनैपनि किसीमको आक्रामक व्यवहार पाकिस्तानले सहन सक्दैन । हालैका दिनमा भारत र पाकिस्तानको सीमा क्षेत्रमा जारी रहेको आक्रमणका विषयलाई लिएर उहाँले सो धारणा राख्नभएको हो । हालै सो सीमा क्षेत्रमा जारी रहेको आक्रमणमा परी कम्तीमा पनि २० जनाको ज्यान गइसकेको छ । सो आक्रमणलाई तत्कालै रोक्न पनि उहाँले भारतलाई आग्रह गर्नुभएको छ । गएको अक्टोबर ६ देखि सुरु भएको सो दोहोरो गोली हानाहान हिजोसम्म पनि जारी नै थियो । हालैमात्र यी दुई देशका सेनाले सीमा क्षेत्रमा आचार संहिताको उल्लंघन नगर्ने बताएको दुई दिनपछि नै हिजोमात्र त्यहाँ आक्रमण भएको थियो । पाकिस्तानका सैनिक प्रमुख राहिल सरिफले सो धारणा राख्नुभएको हो । यी दुई देशका तर्फाबट सीमा सुरक्षा निकाय र सेनाका बीचमा भएको आक्रमणका क्रममा पछिल्लो समयमा परिस्थिति नै तनावग्रस्त भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?