टिभी, मोबाइल ग्याजेट्स देख्नै हुने अनौठो रोग


बेलायतको कार्डिफस्थित सेन्ट फगन्समा एक युवक नयाँखाले रोगसँग लडिरहेका छन् । उनलाई मोबाइल, टिभी लगायतका ग्याजेट्स देख्नै हुँदान एलर्जी सुरु हुन्छ । यतिसम्म कि वाईफाईको रेन्जबाट बच्न उनी कोठामा नै थुनिएर बसेका छन् । कतै बाहिर जाँदैनन् । कोठाको ढोका सँधै बन्द राख्दछन् । ४१ वर्षीय पिटर लोयडलाई ईलेक्ट्रोम्याग्नेटिक हाईपर सेन्सेटिभिटी नामक रोग लागेको चिकित्सकहरुले बताएका छन् । यतिसम्म कि उसले आफ्नो घरमा विजुलीको लाईन पनि राखेको छैन र मैन बालेर नै जिन्दगी बिताउँदै आएको छ । २१ वर्ष अघि जब ऊ २० वर्षको थियो त्यतिबेला नै यस रोगको विषयमा जानकारी भयो । जब उसले टिभी या स्क्रिन हेर्दथ्यो पूरै आँखा अघि कालो धब्बा बस्न थाल्दथ्यो र अँध्यारो हुन्थ्यो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?