नेताहरु निर्णायक छलफलका लागि गोकर्ण रिसोर्टमा


gokarnaप्रस्तावित नयाँ संविधानका अन्तरवस्तुमा दलहरुबीच देखिएका मतभिन्नतालाई सहमतिमा रुपान्तरण गर्न प्रमुख तीन दलका शीर्ष नेताहरु सम्मिलित बैठक औपचारिक रुपमा सुरु भएको छ । बिहान १० बजेबाट अनौपचारिक रुपमा सुरु भएको उक्त बैठक नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली पुगेलगत्तै अपराह्न ३ बजेबाट औपचारिकतामा रुपान्तरण भएको हो । राज्य पुनःसंरचना, शासकीय स्वरुप, न्यायप्रणाली र निर्वाचन प्रणालीका विषयमा दलहरुबीच गम्भीर मतभेद रहँदै आएकोमा संविधानका अन्तरवस्तुमा सहमति खोज्ने सन्दर्भमा यो बैठक निर्णायक सावित हुने विश्वास गरिएको छ । विवादित विषयमा प्रमुख दलहरुबीच सहमति हुन नसकेमा बैठक भोलिसम्म निरन्तररुपमा चल्न सक्ने त्यहाँ पुगेका सञ्चारकर्मीलाई जानकारी गराइएको छ । बैठकमा नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता डा बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेल सहभागी हुनुहुन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?