हङकङका विद्यार्थीले वार्ता नगर्ने, आन्दोलनको शक्ति नबुझेको प्रतिक्रिया


jhadapहङकङका विद्यार्थी नेताहरुले अब त्यहाँका अधिकारीहरुसँग वार्तामा नबस्ने धारणा राखेका छन् । उनीहरुले वर्तमान सरकारले आफ्नो आन्दोलनको शक्ति र भावना पनि नबुझेको बताएका छन् । हप्तौँदेखि आन्दोलन गरिरहेका हङकङका आन्दोलनकारी विद्यार्थीहरुलको सो आन्दोलनलाई निष्कर्षमा पु¥याउनका लागि सरकारका तर्फबाट कुनैपनि प्रयास नभएको भन्दै उनीहरुले आगामी दिनमा सरकारसँग वार्ता नगर्ने भएका हुन् । यसअघि सो वार्तामा बस्ने क्रममा पनि अधिकांश विद्यार्थीले सरकारले माग पूरा नगर्ने भएकोले सो वार्तामा नबस्न आग्रह गरिरहेका थिए । ती विद्यार्थीले भित्र वार्तामा गएका विद्यार्थी नेताले नाजायज रुपमा आन्दोलनको अन्त्य गर्ने काममा सहमति गर्लान् कि भन्ने डरले भित्रको वार्ताको कुराकानी पनि बाहिरै हेर्न सकिने वातावरण मिलाएका थिए । मङ्गलबार राति भएको सो वार्तामा कुनै सहमति हुन भने सकेन । सो वार्ता पछि पनि सरकारले पुनः अर्काे चरणको वार्ताको तयारी गरिरहेको बताएको थियो । तर यी विद्यार्थी संगठनको यो चेतावानीपछि भने सरकारको आगामी वार्ताको तयारी पनि अन्योलमा परेको बताइएको छ । विद्यार्थी संगठनहरुले भने उक्त सहरमा भएको आन्दोलन त्यहाँ पूर्ण प्रजातन्त्रको प्राप्तिबाहेक अर्काे कुनैपनि सम्झौतामा नटुंगिने जनाएका छन् । उता सरकारले हिजो भएको वार्ताकै क्रममा आन्दोलनले भनेजस्तो पूर्ण प्रजातन्त्र दिन कुनैपनि हिसाबले सम्भव नभएको जनाउ हिजाकै वार्तामा दिइसकेको छ । हङकङ फेडरेसन अफ स्टुडेन्ट गठन गरी त्यहाँका विद्यार्थीहरुले विगत करिब तीन हप्तादेखि सो आन्दोलन जारी राखेका छन् । उनीहरुले त्यहाँ प्रजातन्त्रको मागगरी सो आन्दोलन जारी राखेका हुन् । हङकङका एकजना कार्यकारी नेता लियुङले मङ्गलबारको वार्ता हङकङको हालको संविधानको सुधारका बारेमा केन्द्रित हुने बताएका थिए । तर सो वार्ता उक्त संविधानमा केन्द्रित नभई आन्दोलन रोक्ने बारेमा मात्र केन्द्रित भएको विद्यार्थीले जनाएका छन् । आन्दोलनकारीहरुले भने नेता लियुङको राजिनामाको माग चीनसँग गरिरहेका छन् । उनीहरुले हङकङलाई पूर्ण प्रजातन्त्र दिइनुपर्नेमा जोड दिएका छन् । आगामी सन् २०१७ मा हुन लागेको आमनिर्वाचनमा त्यहाँका नागरिकले पूर्ण प्रजातन्त्रको उपयोग गरी निर्वाचन हुनुपर्ने माग गरेका छन् । चिनियाँ सरकारले सो निर्वाचनमा चिनियाँ कम्युनिष्ट पार्टीप्रति झुकाब राख्ने व्यक्तिमात्र उम्मेदवार बन्न पाउनुपर्ने भनेको छ भने त्यसलाई हङकङका नेताले पनि स्वीकार भने गरेका छैनन् । हिजोको वार्ता विना निष्कर्ष टुंगिएपछि पनि आन्दोलनकारी झनै उत्साहित भएको समाचारमा जनाइएको छ । हङकङमा विगतका हप्तादेखि जारी रहेको सडक सङ्घर्ष आजपनि जारी नै रहेको छ । अधिकांश आन्दोलनकारीहरुले सरकार प्रजातन्त्रका लागि तयार छैन भन्दै आफ्ना मागहरु अब आन्दोलनबाटै पूरा गरिने प्रतिबद्धता पनि उनीहरुले व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?