मुलुकले धान्न नसक्ने संघीयताले देश डुबाउँछ : ईश्वर पोखरेल
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मुलुकलाई साझा पहिचानसहितको छ प्रदेशभन्दा बढी आवश्यक नरहेको बताउनुभएको छ । पार्टीको नगरकोट गाउ“ कमिटीद्वारा आज बिहान आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले धेरै प्रदेशको प्रशासनिक व्यवस्थापन मुलुकले धान्न नसक्ने भएकाले छ प्रदेश पर्याप्त हुने बताउनुभयो । उहा“ले जातीय सङ्घीयताले मुलुकलाई जातीय विद्रोहतर्फ धकेल्ने संभावना रहेको छ भन्नुुुभयो । महासचिव पोखरेलले दलहरुबीच सङ्घीयताको कुरा अझै मिल्न नसकेको बताउँदै कात्तिक ९ गते बस्ने बैठकमा पनि सहमति नभए संविधानसभाको प्रक्रियामा जानुको विकल्प नभएको उल्लेख गर्नुभयो । उहा“ले नेपालमा विभिन्न जातिका विविध विशेषता बोकेका चाडपर्वले नै सबैलाई एकताबद्ध बनाएको उल्लेख गर्नुभयो । सो अवसरमा सभासद् मीरा ध्वजुले तोकिएकै माघ ८ को मितिमा संविधान जारी गर्न सभासद्ले तीन प्रमुख दलमाथि दबाब सिर्जना गरिरहेको र सभासद्हरुले पनि सोहीअनुरुप कार्य गरिरहेको बताउनुभयो । कार्यक्रममा एमाले भक्तपुर जिल्ला अध्यक्ष राजेन्द्र राजथला, सचिव हरिशरण लामिछाने, एमाले नगरकोट गाउ“ कमिटी अध्यक्ष विष्णु तामाङलगायतले प्रमुख दलहरुले सहमति भए सहमति अनुरुप, नभए प्रक्रिया अनुरुप माघ ८ कै मितिमा संविधान जारी गर्नुपर्ने बताउनुभएको थियो ।