काठमाडौंमा बरामद भयो १० लिटर रक्तचन्दनको तेल, मूल्यको विषयमा अनुसन्धान हुँदै


raktaबहुउपयोगी भनिएको रक्तचन्दनको तेलसहित प्रहरीले बालाजु चोकबाट दुई जनालाई पक्राउ गरेको छ । बाग्लुङ घर भई हाल मनमंैजु बस्ने ४५ वर्षीय हिराबहादुर छन्त्याल र काभ्रे घर भई हाल चावहिल बस्ने ३३ वर्षीय औलसिंह तामाङलाई १० लिटर तेलसहित पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी निरीक्षक वेदप्रसाद जोशीले जानकारी दिनुभयो । घटनाको अनुसन्धान भइरहेको र अभियुक्तहरुलाई थप कारबाहीका लागि अब  जिल्ला वन कार्यालयलाई बुझाइने उहाँले बताउनुभयो । प्रहरीले यसअघि भदौको पहिलो साता पनि बालाजु क्षेत्रबाटै रक्तचन्दनको पाँच लिटर तेलसहित एक जनालाई पक्राउ गरेको थियो । तस्करहरुले रक्तचन्दन लैजान नसकेपछि यसबाट तेल उत्पादन गरेर त्यही लैगिरहेका छन् । वास्तवमा औषधिको निम्ति चिनियाँ बजारमा रक्तचन्दनको ठूलो माग रहेको छ । १० लिटर रक्तचन्दनको तेलको कति पर्छ यो भने खुल्न सकेको छैन । प्रहरीले यस विषयमा अनुसन्धान केन्द्रित गरेको जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?